FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कृषिमा आकर्षित गर्न सुन्दरहरैंचा ११ मा तालिम आयोजना

    • कृषि टि.भी.
    • २ साल अघि
    • १८ पटक पढिएको
    कृषिमा आकर्षित गर्न सुन्दरहरैंचा ११ मा तालिम आयोजना

    मोरंगको सुन्दरहरैंचा ११ मा साना किसान कृषि सहकारी संस्था लिमिटेड म्रिगौलियाले कृषि क्षेत्रमा अघि बढ्न आफ्ना सदस्यलाई तालिम तथा तरकारी बिउ वितरण गरेको छ। ग्रामिण क्षेत्रमा बसोबास गर्ने कृषि वा अन्य स(साना घरेलुस्तरका सेवा व्यवसायमा आश्रित रहि अत्यन्तै न्यून आर्थिक आधारमा जीवनयापन गरिरहेका कृषकहरुबिच सामुहिक भावनाको विकास गरी उनीहरुकै इच्छा र आवश्यकता अनुसारका कार्यक्रमहरुको तर्जुमा र कार्यान्वयनमा उनीहरुको आर्थिक तथा सामाजिक सामुदायिक अवस्थाको विकास गराउन राजनैतिक पुर्वाग्रह रहित स्वशासित स्वावलम्वन र आत्मनिर्भर बन्ने भावनाबाट प्ररित भई स्थापना भएको साना किसान कृषि सहकारीले आफ्ना ५ सय शेयर सदस्य किसानलाई कृषि तालिम तथा बिउ बिजन बितरण गरेको हो ।

    किसानलाई आवश्यक पर्ने मल र बीउ सम्बन्धि क्रियाकलापलाई व्यवस्थित गर्दै किसानको क्षमता विकासका क्रियाकलापमा सहकारीले पनि एक कदम अगाडि रहेको छ । देशका विभिन्न ठाउँमा केही कृषि सहकारीले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन् । त्यस्तै १ हजार ४ सय सदस्य रहेको साना किसान सहकारीले यस अघि बोयर जातको बिउ बोका बितरण, नगदेबाली, हिउदे तरकारी, धान बिउ वितरण गोठ सुधार कार्यक्रममा अनुदान, सहुलियत ब्याजमा ऋण प्रवाह गर्दै आएको छ। १३ वटा अन्तर समुहका अध्यक्षलाई कृषि तालिम सुन्दरहरैंचा नगरपालिका कृषि शाखा प्रमुख फडिन्द्र भट्टराईले प्रशिक्षण गराएका हुन्। अन्तर समुहमा भित्र पनि २ सय ४३ समुह रहेको छ। उन्नत जातका लौका, काक्रा, भिंडी घिरौला करेला लगायतका बिउ बिजन बितरण गरेको छ। साना किसानको जीवन स्तर उकास्न सहकारीले बिभिन्न कार्यक्रम गर्दै आएको छ।

    अत विविध कमीकमजोरीहरुका बाबजुद सहकारी विशेषत कृषिले अहिले गरिरहेका क्रियाकलापहरु माथि गम्भीर आन्तरिक समिक्षा गरेर कृषि क्षेत्रलाई कसरी अगाडी बढाउन सकिन्छ र स्थानीय सानो पुँजीबाट कसरी रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने आपसी छलफल चलाउनु देशले नै सहकारीलाई एक महत्वपूर्ण हतियारको रुपमा लिएको परिवेशमा कृषि क्षेत्रमा लगानी गरी उदाहरणीय कार्यको नमुना पेश गर्न आजका कृषि सहकारीका लागि ठूलो अवसर रहेकोछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित