FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • लक्षित वर्गलाई कुखुराका चल्ला

    • कृषि टि.भी.
    • २ साल अघि
    • २८ पटक पढिएको
    लक्षित वर्गलाई कुखुराका चल्ला

    सिमकोट। हुम्लाको खार्पुनाथ गाउँपालिका पशु सेवा शाखाद्धारा लक्षित वर्ग दलित बस्तीलाई कुखुराका चल्ला वितरण गरिएको छ । वडा नं १ को प्यूस गाउँमा रहेका दलित समुदायलाई कुखुरा वितरण गरिएको हो । गाउँपालिकाअन्तरगत पशु सेवा शाखा कार्यालयले कृषि पाठशालाका लागि दलितको उन्नति होस् भन्ने उदेश्यका साथ कुखुरा वितरण गरेको जानकारी दिएको छ ।

    सोही वडाका ३१ घरधुरीलाई प्रति घर तीन जोडाका दरले गिरीराज जातका कुखुरा वितरण गरिएको पशु सेवा शाखाका निमित्त प्रमुख चिनबहादुर शाहीले बताए । उनीहरुको व्यवसायका लागि एक मात्र कुखुरा आधार बनोस् भन्दै कुखुरा वितरण गरेको शाहीले जानकारी दिए ।

    गाउँपालिकामा पुगेका ३५० कुखुरामध्ये २७५ वितरण गरिएको थियो । बाँकी ७५ वटा कुखुरा मरेको शाखाका निमित्त कार्यालय प्रमुख शाहीले बताए । वितरण गरिएका सवै कुखुरा लक्षित वर्गका व्यक्तिलाई मात्रै वितरण गरिएको हो । सो जातका कुखुराले साढे दुई महिनामै अण्डा उत्पादन गरेर चल्ला जन्माउने गरेको प्रमुख शाहीको भनाइ छ । रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित