- Loading...
प्रम कृषि आधुनिकीकरण परियोजनाद्वारा बाली छनोट
- कृषि टि.भी.
- २ साल अघि
- २३ पटक पढिएको


काभ्रे। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ काभ्रेपलाञ्चोकले जिल्लामा राष्ट्रिय महत्वका प्राथमिकता प्राप्त बालीको छनोट गरेको छ । जिल्ला परियोजना समन्वय तथा अनुगमन समितिको बैठकले खाद्यान्न, पशुपालन तथा तरकारीजन्य बालीलाई प्राथमिकतामा राखेको हो । छनोट गरिएकामा धान, मकै, गहुँ, तरकारी, आलु, सुन्तला, स्याउ, आँप, केरा, दूध ९गाई–भैँसी० , माछा, मासु ९बाख्रा, बङ्गुर०, मौरी तथा निर्यात प्रवद्र्धनबाली कफी, अलैँची, अदुवा, बेसार० दलहन–तेलहनबाली रहेका छन् ।

परियोजनाका वरिष्ठ कृषि अधिकृत प्रकाश पौडेलका अनुसार प्रदेश सरकारका जिल्लास्थित कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमार्फत सञ्चालन हँुदै आएका ब्लक ९सम्भाग०लाई ‘जोन’को तहमा स्तरोन्नति गर्न दूध ९गाईभैँसी०, तरकारी, मासुजन्य ९बाख्रा० फलफूल तथा निर्यातजन्य बाली कफीलाई प्राथमिकीकरण गरिएको छ । यी क्षेत्रमा अपेक्षित सफलता हासिल गर्नसके ती क्षेत्रलाई विषयगत बाली तथा पशुपालनका ‘सुपर–जोन’का रूपमा परिचित गराइने योजना बनाइएको छ ।
जिल्लामा प्राथमिकतामा परेका बालीलाई स्थानीय तहले आ–आफ्नो भूगोल तथा मौसमअनुसार कार्यपालिकाको बैठकमार्फत निर्णय गरी कार्यान्वयनमा ल्याउनेसमेत निर्णय गरिएको जिल्ला परियोजना समन्वय तथा अनुगमन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले बताउनुभयो । “परियोजना सञ्चालित स्थानीय तहका जनप्रतिनिधिको उपस्थितिमा परियोजना कार्यान्वयन गर्ने निणय भएको छ”, उनले भने । उनका अनुसार काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमध्ये छ नगरपालिका र बेथानचोक गाउँपालिकामा परियोजना सञ्चालन गरिएको छ ।
बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले परियोजनाले प्राथमिकतामा राखेको बालीका विषयमा वडा भेलामार्फत छलफल गरी आवश्यकतानुसारको बाली लगाउन प्रेरित गर्दै जाने बताए । धुलिखेल नगर उपप्रमुख विमला शर्माले वडामार्फत प्राथमिकीकरण गरिएका बालीमध्ये आयोजना माग गरी कार्यान्वयनमा जाने बताए । “हामीले यो नै बाली लगाउनु भन्न मिल्दैन, कृषकको भूगोल र रुचिअनुसारको योजना दिनुपर्छ”, शर्माले भने । रासस

