FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • उद्यम गर्न चाहनेलाई २ लाखदेखि १५ लाख सम्म ४ प्रतिशत ब्याजदरमा ऋण

    • कृषि टि.भी.
    • २ साल अघि
    • ३२ पटक पढिएको
    उद्यम गर्न चाहनेलाई २ लाखदेखि १५ लाख सम्म ४ प्रतिशत ब्याजदरमा ऋण

    एलएन गच्छदार, सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिकाले नगरका युवालाई उद्यम गर्न सहज बातावरण बनाउँदै गएको बताएको छ । नगरका युवाले उद्यम गर्न चाहेमा २ लाखदेखि १५ लाख रुपैयाँसम्म नेपाल बंगलादेश बैंकबाट ४ प्रतिशत ब्याजदरमा पाउने भएका छन् ।

    सुन्दरहरैंचाका युवाले उद्यम गर्न चाहेमा २ लाखदेखि १५ लाख रुपैयाँसम्म ब्याज नेपाल बंगलादेश बैंकबाट ४ प्रतिशत ब्याजदरमा पाउने भएका छन् । कर्जाका लागि आवश्यक पर्ने फर्म दर्ता, चार किल्ला प्रमाणित, घरबाटो लगायत अन्य सिफारिश नगरपालिकाले निःशुल्क गर्ने भएको छ । नगरप्रमुख शिवप्रसाद ढकालको कार्यकक्षमा नगरपालिकाको तर्फबाट नगरप्रमुख ढकाल र बैंकको तर्फबाट प्रदेश प्रमुख कृष्णप्रसाद तिम्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा हस्ताक्षर गर्नुअघि नगरप्रमुख ढकाल र बैंकका प्रदेश प्रमुख तिम्सिनाले सहुलियतपूर्ण कर्जाको बारेमा जानकारी गराएका हुन् ।

    सो ऋण पाउनका लागि निवेदकले वडामा निवेदन दिएपछि वडाले नगरपालिकालाई सिफारिश गर्ने छ । त्यसकै आधारमा नगरले बैंकसँग ऋण प्रदान गर्न सिफारिश गर्ने सम्झौता भएको नगरप्रमख ढकालले जानकारी दिएर । लिइएको ऋण खराब कर्जामा परिणत भए नगरले सो कर्जा उठाउन पहल गर्ने र राज्यले दिने सबै सेवा र सुविधाबाट वञ्चित पनि गर्न सक्ने उनले जानकारी दिए । बैंकका प्रदेश प्रमुख तिम्सिनाले बैंकिङ पहुँच कम भएकाहरुको लागि यो व्यवस्था गरिएको बताए । त्यस्तै, शिक्षित युवा स्वरोजगार शीर्षकमा अधिकतम ७ लाख रुपैयाँसम्म ऋण प्रदान गर्ने उनले जानकारी दिए । विदेशबाट फर्किएका युवा, दलित युवा, स्वरोजगार बन्न चाहने युवा र उद्यमी बन्न चाहने महिलाका लागि यो योजना ल्याइएको उनले जानकारी दिए ।

    बैंकको विराटचोक शाखाका प्रमुख सुजन तिम्सिनाले अडिट रिपोर्ट, प्रोजेक्ट रिपोर्टलगायतका अन्य कागजपत्र नचाहिने र आवश्यक प्रक्रिया पूरा गर्न सहज हुनुका साथै ब्याजदर कम भएकाले यो कर्जाबाट धेरै जना उद्यमी, व्यवसायी वा स्वरोजगार बन्न सक्ने उनको भनाइ छ । पुरुषका लागि अधिकतम ४ प्रतिशत र महिलाका लागि अधिकतम ३ प्रतिशत ब्याजदरमा ऋण दिने गरी बैंकसँग सहमति भएको उनले बताए ।

    समझदारी पत्र हस्ताक्षर भएको मितिबाट २ वर्षसम्म कायम रहने भए पनि पहिलो पहिलो पक्ष अर्थात नगरपालिकाको दायित्व कर्जा बहाल रहेसम्म रहने प्रदेश प्रमुख तिम्सिनाले बताए । समझदारी अवधी समाप्तिपछि दुवै पक्षको आपसी सहमतिमा नवीकरण गर्न पनि सकिने सम्झौता पत्रमा उल्लेख छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित