- Loading...
विभिन्न कार्यक्रम गरी विश्व उपभोक्ता अधिकार दिवस मनाइयो, उपभोक्ता ठगिने प्रवृति रोकिएन
- कृषि टि.भी.
- २ साल अघि
- १८ पटक पढिएको


सोमबार बिभिन्न कार्यक्रमको आयोजना गरि नेपालमा पनी विश्व उपभोक्ता अधिकार दिवस मनाइएको छ । नेपालमा प्लाष्टिक प्रयोगमा निरुत्साहन, वातावरण संरक्षणमा योगदान’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको हो । अवसरमा आइतबार काठमाडौंमा अयोजना भएको कार्यक्रममा सरोकारवालाहरुले उपभोक्ताको हितका लागि सबै तहबाट भूमिका खेल्न अत्यावश्यक रहेका बताएका छन् । त्यस्तै, दिवसका अवसरमा काठमाडौंमा काठमाडौं महानगरपालिकाले गुणस्तरीय आहार, स्वस्थ्य जीवनको आधार, उपभोक्ता अधिकार, काठमाडौं महानगरको सरोकार भन्दै अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्कीले आफुले गरेको व्यवसाय कानूनी प्रक्रिया पुरा गरेरमात्र सञ्चालन गर्न र गुणस्तरिय सामान मात्र बिक्रिवितरण गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै उपभोक्ता अधिकारकर्मी ज्योति बानियाले मिश्रित बजार अनुगनम आवश्यक रहेको बताउँदै सबै जिल्लामा बिक्री हुने वस्तुको मुल्यमा एकरुपता हुनुपर्ने बताउनु भएको थियो । उपभोक्ता अधिकारका लागि कडा ऐन आवश्यक भैसकेको उहाँको भनाई छ ।
सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएपछि यसैको सम्झनामा यो दिवस मनाइँदै आइएको हो । त्यसपछि सन् १९८५ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाबाट थप आठ अधिकारसहितको अनुबन्ध पारित भएको थियो । त्यही आधारमा प्रत्येक राष्ट्रले उपभोक्ता कानुन जारी गरेका हुन् । नेपालमा उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा ६ बमोजिम वस्तु वा सेवा खरिद वा उपभोग गर्ने प्रत्येक उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूति गरिएको भए पनि उपभोक्ता ती अधिकार प्रयोग गर्नबाट वञ्चित भएका छन् ।।

