FLASH NEWS
- Loading...
चितवनमा निशुल्क बर्खे तरकारीको बिउ वितरण
- कृषि टि.भी.
- २ साल अघि
- १६ पटक पढिएको


चितवनको रत्ननगर नगरपालिकाको कृषि विकास शाखाले बर्खे लहरे तरकारी बालीको बिउ निशुल्क वितरण गरेको छ । किसानहरुको आयस्तरमा वृद्धि गर्ने उदेश्यका साथ बिउ वितरण गरेको हो । भिण्डी , लौका , घिरौँला , बोडी लगायतका लहरे तरकारीको बिउ वितरण गरेको छ । करेसा खेतीका लागी आफैले आफ्नो जमिनमा उत्पादन गर्ने र बाहिर किन्न नपरोस भन्ने उदेश्यका साथ बर्खे लहरे तरकारी बालीको बिउ वितरण गरिएको कृषि विकास शाखाले जनाएको छ । नगरपालिकाले नगरका ४५ सय घरधुरीलाई निशुल्क बिउ वितरण गर्ने छ ।


प्रतिक्रिया दिनुहोस
