
FLASH NEWS
- Loading...
पशु सेवालाई चुस्त र दुरुस्त बनाउन मन्त्री अर्यालको निर्देशन
- कृषि टि.भी.
- २ साल अघि
- २२ पटक पढिएको


कृषि तथा पशुपन्छी विकास मन्त्री पद्यमा कुमारी अर्यालले पशु सेवा क्षेत्रलाई अझ चुस्त र दुरुस्त बनाउन निर्देशन दिनु भएको छ ।

नेपाल भेटेरिनरी एसोसिएसनले आयोजना गरेको निर्वाचन कार्यक्रमको साधारण सभामा मन्त्री अर्यालले पशु चिकित्सालाई २४ घण्टा सेवारत गराउन निर्देशन दिनु भएको हो । पशु स्वास्थ पनि मानव स्वास्थ जस्तै संवेदनशील रहेको र मानव स्वास्थलाई जसरी नै ध्यान तथा होसियारीपूर्वक अघि बढ्न एसोसिएसनलाई आग्रह गर्नुभयो ।
त्यस्तै, पशुमा लाग्ने रोगको नियन्त्रण तथा प्रभावकारी हुन नसकेको पशु बिमाको समिक्षा गर्न पनि मन्त्री अर्यालले निर्देशन दिनु भएको छ । कृषि र पुश सेवा सामान्तर भएपनि पशु सेवा पछि रहेको बताउँदै मन्त्री अर्यालले पशुपन्छी सेवा क्षेत्रको महत्वलाई उजागर र अनुभुति गर्ने गरी काम गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
