FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • स्यालो ट्यबुवेलको माग बढ्दै

    • कृषि टि.भी.
    • २ साल अघि
    • २९ पटक पढिएको
    स्यालो ट्यबुवेलको माग बढ्दै

    हेटौंडा । आकाशे पानीको भरमा खेती गरिरहेको र अन्य सिँचाइका माध्यम नरहेको वर्तमान अवस्थामा सजिलोे एवं सरलरूपमा सिँचाइ गर्ने माध्यमका रूपमा स्यालो ट्युबवेलको माग बढ्दैै गएको छ ।

    बारा, पर्सा र रौतहट जिल्लामा किसानद्वारा स्यालो ट्युबवेलको मााग बढ्दै गएको हो ।
    पर्सा जिल्लामा रहेको भूमिगत जलस्रोत सिँचाइ विकास समितिको कार्यालय वीरगञ्जमा सो ट्युबवेलको जडानका लागि माग बढ्दै गएको जनाइएको छ ।

    संघीय सरकारद्वारा ६ महिना अगाडि स्थापना भएको कार्यालयमा बारामा १ हजार २५६ स्यालो ट्यबुवेल, पर्सामा ४५६ स्यालो ट्युबवेल र रौतहटमा ६२० स्यालो ट्युबवेल जडानको माग भएको कार्यालय प्रमुख प्रकाश पौडेलले बताए ।

    कार्यालयद्वारा उपभोक्ता समितिमार्फत हालसम्म बारामा ७६, पर्सामा ६७ र रौतहटमा १२६ वटा स्यालो ट्युबवेल जडान भई सिँचाइ सुविधा पुर्‍याइएको छ । प्रतिट्युबवेलको खरीद र जडानमा ६० हजार रुपैयाँ खर्च लाग्ने गरेको छ । एउटा ट्युबवेलमार्फत ४ बिघा जमीन सिँचाइ हुने गरेको र त्यसको पानी पिउनसमेत प्रयोग हुने गरेको बाराका किसान बताउँछन् ।

    कार्यालयका अनुसार चालू आर्थिक वर्षमा बारामा ३६६, पर्सामा ४०० र रौतहटमा ४४६ वटा स्यालो ट्युबवेल जडान गर्ने लक्ष्य रहेको प्रमुख पौडेलले बताए ।

    भूमिगत सिँचाइ विकास डिभिजन कार्यालय सर्लाहीद्वारा रौतहट र सर्लाही जिल्लामा भूमिगत सिँचाइका माध्यमबाट सिँचाइ सुविधा पुर्‍याउनका लागि करीब ५६ करोड रुपैयाँको लागतमा चालू आर्थिक वर्षमा डिप बोरिङ र स्यालो ट्युबवेल निर्माणको प्रक्रिया शुरू भएको कार्यालयले जनाएको छ ।

    कार्यालयका निमित प्रमुख जयप्रकाश शाहका अनुसार संघीय सरकारको २० करोड २५ लाख, प्रदेश नम्बर २ सरकारको १५ करोड ३४ लाख ३२ हजार र समृद्ध तराई कोषको तर्फबाट २० करोड २५ लाख बजेट प्रदान गरिएको छ ।

    यसमा समृद्ध तराईको कोषअन्तर्गत डिप ट्युबवेलतर्फ ६ करोड १५ लाख र भूमिगत स्यालो ट्युबवेलतर्फ १४ करोड १० लाख रुपैयाँ रकम छुट्याइएको हो । डिपट्युबवेल निर्माणका लागि बोलपत्र आह्वान प्रक्रिया शुरू भइसकेको प्रमुख शाहले जानकारी दिए । पुरानो संरचनाको मर्मत सुधार गर्नका लागि पनि प्रदेश सरकारले २० करोड २५ लाख रुपैयाँ रकम उपलब्ध गराएको छ । रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित