FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • मकवानपुरमा पशुमैत्री उद्यान

    • कृषि टि.भी.
    • २ साल अघि
    • १४ पटक पढिएको
    मकवानपुरमा पशुमैत्री उद्यान

    हेटौंडा। मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले जिल्लामै पहिलो पशुमैत्री उद्यान निर्माण गर्ने काम अघि बढाएको छ। गाउँपालिकाको वडा नं ३ कालीखोला सामरीमा पशुमैत्री उद्यान निर्माण हुने छ।

    स्थानीय तह, प्रदेश तथा केन्द्रीय सरकारको सहयोगमा निर्माण गर्ने गरी बहुवर्षीय योजनाअन्तर्गत पशुमैत्री उद्यान निर्माण गर्ने काम अघि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिए।

    परियोजनाको विस्तृत प्रतिवेदनअनुसार सात करोड तीन लाख ७६ हजार रूपैयाँ लागत लाग्ने प्रारम्भिक अनुमान छ।

    उद्यानमा विभिन्न प्रजातिका गाई, भैँसी, बाख्रालगायतको आकृति, तालिम केन्द्र, रमणीय बगैँचा, नमूना घाँसका प्रजाति, दाना उत्पादन केन्द्र, सहकारी भवन, पराल राख्ने स्थान, पानीट्याङ्की, चमेनागृह, वनभोजस्थल, शौचालय, आरामस्थल, पदमार्गलगायतका संरचना रहने विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख छ। रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित