- Loading...
धान गहुँ खेती प्रणालीमा पोटासियम मल सिफारिस
- कृषि टि.भी.
- २ साल अघि
- १५४ पटक पढिएको


राष्ट्रिय माटो अनुसन्धान केन्द्र नार्कले धान गहुँ खेती प्रणालीमा पोटासियमयुक्त मल सिफारिस गरेको छ । नेपालको बाली प्रणालीमा पोटासयुक्त खनिजको कमी रहेको नार्कका वैज्ञानिकले गरेको अनुसन्धानले देखाएपछि धान गहुँ खेती प्रणालीमा पोटासियमयुक्त मल थप्नुपर्ने सुझाव दिएको हो ।

नेपाल कृषि अनुसन्धान परिषद् नार्कले सन् २००९ देखि २०१४ सम्म पहाड, तराई र भित्रि मधेशमा धानगहुँ बाली प्रणालीमा गरेको अनुसन्धानमा पनि पोटासको कमी देखिएको थियो । अध्ययनले नेपालमा धान गहुँमा साबिकको पोटासको मात्रा भन्दा डेढ देखि दुई गुणाले बढाउन सुझाव दिएको छ । बाली विरुवाको उचित वृद्धि विकासका लागि नाइट्रोजन, फस्फोरस, पोटास सँगै अन्य १४ ओटा तत्त्वहरूको आवश्यकता पर्दछ । यद्यपि नाइट्रोजन तत्त्वको व्यापक चर्चा हुने र किसान पनि यसको प्रयोगमा अभ्यस्त छन् ।
नाइट्रोजनको प्रयोगले केही हदसम्म उत्पादन बढाउन मद्दत गर्ने भएपनि लगातार यसको प्रयोगले माटोमा हुने अन्य तत्त्वहरूको प्रभावमा फेरबदल गराई माटोको गुणस्तरमा कमी आउनुका साथै वातावरणमा समेत प्रतिकुल प्रभाव पार्दछ ।

