FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • दुधको भुक्तानी नपाउँदा किसान मारमा

    • कृषि टि.भी.
    • २ साल अघि
    • २० पटक पढिएको
    दुधको भुक्तानी नपाउँदा किसान मारमा

    व्यावसायिक पशु पालक दूध उत्पादक कृषक समाज नेपालले किसानहरूलाई दुधको रकम तत्काल भुक्तानी गर्न माग गरेको छ । सरकारी तथा गैरसरकारी डेरी उद्योगहरूले ३ महिनाभन्दा बढिदेखि दूध किसानको बक्यौता रकम नदिँदा किसान मर्कामा परेका छन् ।

    राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाजका अनुसार सरकारी तथा निजी क्षेत्रको उद्योगीहरूबाट किसानले दुधको अरबौँ रकम पाएका छैनन् । पन्ध्ररपन्ध्र दिनमा किसानलाई दूधको भुक्तानी दिने सम्झौता भएपनि किसानले ३ महिनाभन्दा बढी समयदेखि भुक्तानी नपाएका हुन् । समाजले कृषि मन्त्री पद्यमा अर्याल तथा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पहल गरी किसानहरूलाई दूधको भुक्तानी दिलाउन माग गरेको हो ।

    नेपालमा ११ लाख किसान परिवार व्यावसायिक दूध उत्पादनमा निर्भर छन् । दूध उत्पादनको राजधानी मानिने जिल्ला चितवनमा मात्र दैनिक ३ लाख लिटर दूध उत्पादन हुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित