FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • माग बढे पनि मह उत्पादन घट्दै

    • कृषि टि.भी.
    • २ साल अघि
    • १३१ पटक पढिएको
    माग बढे पनि मह उत्पादन घट्दै

    जयपृथ्वी नगरपालिका–५ का धनबहादुर बुढाथापा बाजेको पालादेखिनै मौरीपालन व्यवसायमा लागिरहेका छन् । सानै छँदाको उनलाई अहिले पनि सम्झना छ । बाजेको पालामा आफ्नो घरमा २५ घार मौरीको बताउने उनको अहिले पाँच घार मात्रै रहेको बताउँछन् ।

    लामो समयदेखि मौरीपालन व्यवसायमा रहेका धनबहादुरले आफ्नो धन भनेकै मौरी भएको बताए । तर पछिल्लो समयमा मौरीको घार पनि कम हुँदै गएको र भएका मौरी पनि मर्न थालेपछि उनी चिन्तित हुन थालेका छन् । भन्छन्, “मौरी के कारणले मरे भन्नेबारे त्यति जानकार नभए पनि भएका घारमा पनि मह निकाल्दा मह पनि हँुदैन । चैत, वैशाख मौरीको मह उत्पादनका लागि उत्तम समय भए पनि मह निकाल्दा मह नभएका रित्ता पोतलाहरु मात्र लागेका हुन्छन् ।”

    उनका अनुसार धेरै वर्षअगाडि मौरीलाई चर्नका लागि जङ्गल हुन्थ्यो । मान्छेहरु खेतबारीमा तोरी प्रशस्त गर्थे । चिउरीको बोटहरु हुन्थे । अहिले गाउँघरमा केही छैन । वनमा फुल्ने लालीगुराँससमेत पानी नपरेकाले नफुलेरै सुकेका छन् । वन विनाश, अतिक्रमण, जलवायु परिवर्तन, चरन क्षेत्रको अभाव, समयमा चिउरी नफुल्नुलगायत कारण मह उत्पादन बर्षेनी घटिरहेको उनको दाबी छ ।

    मौरीका लागि चिउरीको फूल उत्तम आहारा मानिन्छ । मौरीलाई चरन क्षेत्रको अभाव भएपछि उत्पादनमा गिरावट आएको धनबहादुरको भनाइ छ । “यहाँका मौरीका लागि चिउरीको फूलको विकल्प छैन”, उनी भन्छन् , “चिउरी नफुल्दै झुसिलकिराले नष्ट पारेपछि चरन क्षेत्रको अभाव भयो ।” त्यसैले यस वर्ष उत्पादन घटेको उनले भने ।

    धेरै वर्षदेखि मौरीपालनमा लागेका जयपृथ्वी नगरपालिका–२ घर भएका जनक खड्काले समेत विगत केही वर्षभन्दा अहिले मह उत्पादनमा ह्रास आएको बताउनुभयो । मह उत्पादन नहुँदा बाहिरी जिल्लाबाट यहाँ मह बेच्ने आउनेहरु बढ्न थालेका छन् । दाङ जिल्ला घर भएका लालबहादुर चौधरीलगायत टोली मह बोकेर जिल्लाका विभिन्न ठाउँमा बिक्रीका लागि पुग्ने गरेका छन् । हाल जिल्लामा मह प्रतिकिलो पाँच सयमा बिक्री भइरहेको छ ।

    कृषि ज्ञान केन्द्र, बझाङका अनुसार जिल्लामा हाल मौरी व्यवसायीको सङ्ख्या ४३ जना रहेका छन् । जिल्लामा वार्षिक दुई हजार पाँच सय किलोग्राम मह उत्पादन हुने गरेको छ । जिल्लामा सात सय ४७ मुडेघार र ६५ आधुनिक घार गरी जम्मा आठ सय १२ घार छन् भने मौरीका लागि खप्तडछान्ना, थलारा, सुर्मा, केदारस्यु गाउँपालिका र बुङ्गल नगरपालिका उत्तम क्षेत्र मानिन्छ ।

    अर्गानिक महको माग काठमाडौं, नेपालगञ्ज, सुर्खेतलगायत शहरमा बढी छ । विभिन्न कारणले मौरी जोगाउनै समस्या भएको किसान बताउँछन् । यहाँका अर्गानिक मह किन्न व्यापारी किसानको घरघर पुग्ने गरेका छन् । वन विनाश, अतिक्रमण, जलवायु परिवर्तन, चरन क्षेत्रको अभाव, समयमा चिउरी नफुल्नुलगायत कारण मह उत्पादन बर्षेनी घटिरहेको कृषि ज्ञान केन्द्र बझाङले जनाएको छ । “उत्पादन घटे पनि माग र भाउ भने बढिरहेको छ”, केन्द्रका प्रमुख टेकबहादुर विष्ट भन्छन् , “उत्पादन घट्न थालेपछि किसान पलायन हुन थालेका छन् ।”

    सुलसुले किराले सतायो

    यहाँका सामुदायिक र राष्ट्रिय वनमा सुलसुलेकिराको प्रकोप बढेपछि आसपासका क्षेत्रमा मह उत्पादन घटेको केन्द्रले जनाएको छ । चिउरीका फूल फुल्न नपाउँदै किराले नष्ट गरेको केन्द्र प्रमुख विष्टले बताए । उनका अनुसार मौरीपालनका लागि राम्रो मानिएको खप्तडछान्नामा मह उत्पादन झन्डै आधा घटेको छ । मौरी पालनका लागि फापर, सुन्तला जात, तोरीजस्ता बोटबिरुवा रोप्नुपर्ने किसानको भनाइ छ ।

    मौरी पालन किसानका लागि ढुवानी, अनुदान, परामर्शलगायत तालीमको व्यवस्था गर्नुपर्ने किसानको माग छ । केन्द्र प्रमुख विष्टले बच्चादेखि बुढासम्म आयुर्वेदिक औषधिमात्र नभएर यसको सांस्कृर्तिक, धार्मिक र जन्मदेखि मृत्युसम्म बहुउपयोगी हुने भएकाले मह उत्पादन लाग्न किसानलाई आग्रह गरेका छन् । रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित