
FLASH NEWS
- Loading...
आठ महिनामा २ अर्ब ७९ करोड प्याज आयात
- कृषि टि.भी.
- २ साल अघि
- १९ पटक पढिएको


चालु आर्थिक बर्षको आठ महिनामा प्याज आयात ह्वातै बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको आठ महिनाको तथ्याङक अनुसार २ अर्ब ७९ करोड रुपैयाँको प्याज आयात भएको छ । प्याजको बियाँ बीउ आयातको तथ्यांक भने यसमा समेटिएको छैन । सामान्य कृषि उपजसमेत भारतसहित तेस्रो मुलुकबाट आयात हुँदा नेपाली भान्छा आयातमा निर्भर बन्दै गएको तथ्यांकले देखाउँछ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्यांकअनुसार स्वदेशमा प्याज १ लाख ४८ हजार मेट्रिक टन उत्पादन हुन्छ ।


प्रतिक्रिया दिनुहोस
