FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • रिटर्नी माइग्रेट नेपालद्धारा राष्ट्रिय युवा परिषदका नवनियुक्त तीन सदस्यलाई सम्मान

    • कृषि टि.भी.
    • २ साल अघि
    • १७ पटक पढिएको
    रिटर्नी माइग्रेट नेपालद्धारा राष्ट्रिय युवा परिषदका नवनियुक्त तीन सदस्यलाई सम्मान

    रिटर्नी माइग्रेट नेपालले राष्ट्रिय युवा परिषदका नवनियुक्त सदस्यहरु जीवन अर्याल, तिलोतम पौडेल र हिमाल सिंह ठकुरीलाई सम्मान गरेको छ । प्रवासबाट आर्जित सिप, ज्ञान , र पुजीँ स्वदेशका लागी भन्ने उदेश्यका साथ स्थापना भएको यस संस्थाले वैदेशिक रोजगारीबाट नेपाल फर्केका युवाहरुको सीपको सदुपयोगमा जोड दिदै आएको छ ।


    रिटर्नी माइग्रेट नेपालले राष्ट्रिय युवा परिषदका नवनियुक्त सदस्यहरु जीवन अर्याल, तिलोतम पौडेल र हिमाल सिंह ठकुरीलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा सांसद तिलक महतले रिटर्नी माइग्रेट नेपाल र युवा एक अर्काको परिपुरक भएको बताउनुभयो । आफुलाई प्रत्येक कार्यक्रममा जादाँ लगाईदिएको खादा र मालामा जनताको मुहारलाई देख्ने गरेको र जनताको हक हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जीवन भनेको नै सिकाई भएकाले रिटर्नी माइग्रेसन नेपालले पनि संस्था विकासका लागी धेरै कुरा सिकेर नवलपुर बासीका मन जित्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

    वैदेशिक रोजगारीमा जादा रगत र पसिना सँग पैसा साटेर शरीर जोखिममा राखेर काम गर्नु पर्ने सदस्य तिलोतम पौडेलको भनाई थियो । त्यस्तै, सदस्य जीवन आर्यालले आगामी दिनहरुमा पनि वैदेशिक रोजगारीमा जादा सिकेको सीपको नेपालमा सदुपयोग र व्यवसाय सञ्चालनमा पहल गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो । अन्य सङ्घ संस्था सँग पनि सहकार्य गरी अघि बढ्ने र नवलपुरका युवाहरुको व्यवसायिक गतिविधी बढाउन रिटर्नी नेपाल लागी परेको परिषद्का सदस्य हिमाल सिंह ठकुरीको भनाई छ ।

    रिटर्नी माईग्रेसनले आफ्नो जिम्मेवारी इमान्दारतिाका साथ पूरा गर्दै आएको रिटर्नी माइग्रेट नेपाल अध्यक्ष नेत्र थनेतले बताउनुभयो । स्थानीय सरकार, प्रदेश सरकार र बैँकहरु सँग सहकार्य गरेर काम गरी रहेको बताउँदै विदेशबाट फर्केका युवाहरुको सीपको स्वदेशमै सदुपयोग गर्न सफल भएको थनेतको दाबी छ ।

    रिटर्नी माइग्रेसन नेपालको पहलमा अहिले नवलपुरमा विदेशबाट फर्किएका युवाहरुलाई व्यवसाय गर्न सहज भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित