FLASH NEWS
- Loading...
अलैँची किसान यान्त्रिकीकरणतर्फ आकर्षित
- कृषि टि.भी.
- २ साल अघि
- १७ पटक पढिएको


उत्पादन लागत घटाई आम्दानी बढाउन बाग्लुङका अलैँची किसान यान्त्रिकीकरणतर्फ आकर्षित भएका छन् । जनशक्ति र समयसमेत कम लाग्ने भएपछि किसानले आधुनिक खेती प्रणाली अपनाउन थालेका हुन् । परम्परागत सीप र प्रविधिको ठाउँमा नयाँ यन्त्र, उपकरणको प्रयोग बढेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको अलैँची ब्लक कार्यक्रममा सम्मिलित १२ अलैँची किसानले यही साता ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो ९ मिनिटिलर पाएका छन् । कृषि ज्ञान केन्द्र बागलुङले ५० प्रतिशत अनुदानमा अलैँची किसानलाई मिनिटिलर वितरण गरेको हो । ५२ हजार पर्ने मिनिटिलर किसानले २६ हजारमा पाएका छन् । कृषिको आधुनिकीकरणका लागि किसानलाई सीप, प्रविधि र अनुदान उपलब्ध गराउने गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
