FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सोलुखुम्बु देउसाका दुई सय कृषकलाई मौरीको आधुनिक घार वितरण

    • कृषि टि.भी.
    • २ साल अघि
    • २९ पटक पढिएको
    सोलुखुम्बु देउसाका दुई सय कृषकलाई मौरीको आधुनिक घार वितरण

    सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–८ देउसाका दुई सय कृषकलाई मौरीको आधुनिक घार वितरण गरिएको छ । व्यवसायिक मौरीपालनतर्फ किसानलाई आकर्षित गर्न दुई सय कृषकहरूलाई चार सय थान आधुनिक घार वितरण गरिएको हो । घार वितरण गर्दै गाउँपालिका अध्यक्ष असिम राईले निर्वाहमुखी कृषिलाई सुधार गर्दै व्यवसायिकतातर्फ लाग्न कृषकलाई प्रोत्साहन गरिने बताउनुभयो । नागरिकको आर्थिकस्तर उकास्नका लागि कृषिमा व्यवसायिकता आवश्यकता भएको औल्याउँदै उहाँले प्राथमिकताको साथ काम गर्ने दावी गर्नुभयो । पाँच दिने तालिमसँगै मौरीको आधुनिक घार पाएपछि कृषकहरू हर्षित बनेका छन । अहिलेसम्म परम्परागत रूपका घारमा मात्र मौरी राख्दै आएकोमा आधुनिक घार पाएपछि स्थानीयको भनाइ छ । व्यवसायिक मौरीपालनका लागि स्थानीय सरकारले वडा नं. ७ देउसालाई तोरी पकेट क्षेत्र बनाउने कार्यक्रम समेत अगाडि बढाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित