FLASH NEWS
- Loading...
विश्व बैंकको प्रक्षेपणः आर्थिक बृद्धि २.७ प्रतिशत
- कृषि टि.भी.
- २ साल अघि
- २० पटक पढिएको


विश्व बैकले नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सरकारले चालु आवमा ७ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हुने दाबी गरेपनि विश्व बैंकले २.७ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको हो । विश्व बैंकले बुधबार सार्वजनिक गरेको विवरणमा दक्षिण एसियाली मुलुहरुको कुल गार्हस्थ उत्पादनमा सुधार हुने जनाएको छ । २०२१ को जनवरी र २०२० को अक्टोबरको प्रक्षेपणमा बैंकले अहिले संशोधन गरेर यस्तो तथ्यांक सार्वजनिक गरेको हो । संशोधनमा नेपालको आर्थिक वृद्धिदर अनुमान गरेभन्दा छिटो सुधारको बाटोमा देखिएको उल्लेख छ । बैंकले आर्थिक वर्ष २०७८÷७९ मा ३.९ प्रतिशत र २०७९÷८० मा पुग्दा ५.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । बैंकले रेमिट्यान्स र खोप अभियानको सकारात्मक प्रभाव नेपालको अर्थतन्त्रमा परेको पनि उल्लेख गरेको छ ।


प्रतिक्रिया दिनुहोस
