FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बैदेशिक रोजगारीबाट फर्किएपछि पशुपालनमा स्याङ्जाका एकदेव भटराई

    • कृषि टि.भी.
    • २ साल अघि
    • १६ पटक पढिएको
    बैदेशिक रोजगारीबाट फर्किएपछि पशुपालनमा स्याङ्जाका एकदेव भटराई

    हिमाल न्यौपाने, स्याङ्जा । विदेशमा केही बर्ष काम गरेर त्यहाँ कमाएको पैसा स्वदेश फर्किएपछि व्यवसायमा लगानी गर्ने लहर चलेको छ । जसमध्येका एक हुन् स्याङजा कालगिण्डकी ७ मिर्मीका एक देव भटराई । विदेशमा दश बर्ष विताएर स्वदेश फर्किएका भटराई अहिले शिवसस्ती कृषि तथा पशुपालन फर्म दर्ता गराएर व्यवसायीक पशुपालनमा लागेका छन् ।

    १० बर्ष बैदेशिक रोजगारीमा विताएर स्वदेश फर्किएका भटराई अहिले आफनै ठाउँमा रमाएका छन् । स्वदेश फर्किएपछि उनी बेरोजगार भए । १० बर्ष विदेशमा पसिना बगाएर फर्किएका उनीलाई फेरि विदेश जान मन लागेन । के गर्ने, दिन कटाउन उनलाई गारो हुँदै गयो । समय विताउने मेलो र स्वस्थ्य रहन कृषिमा केही गर्ने योजनाका साथ व्यवसायीक भैसिपालनमा लागे । शिवसक्त्ती कृषि तथा पशुपालन फर्म दर्ता गराएर उनले भैसीपालन गर्दै आएका छन् । अहिले उनको फर्ममा १२ बटा भैसी छन् । दुधको बजार मुल्य प्रति लिटर ९० रुपैयाँ रहेकाले रहेकाले आम्दानी पनि राम्रो रहेको उनको भनाई छ ।

    २७ लाखको लगानीमा भट्टराईले फर्म संन्चालन गरेका हुन् । मासिक आम्दानी पनि राम्रो रहेको छ । खर्च कटाएर मासिक उनले ४० देखि ५० हजार रुपैयाँ कमाउँछन् । फर्ममा भैसीको संख्या बढाउँदै लैजाने योजना उनको छ ।

    अहिले भटराईको फर्ममा पुग्ने जो कोहीले गर्न सके स्वदेशमै विदेशमा भन्दा राम्रो कमाइ गर्न सकिन्छ भन्ने बुझन थालेका छन् । स्याङ्जाका अधिकांस युवाले भटराईको सिको गर्दे कृषिमै केही गर्ने योजना समेत बनाउन थालेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित