- Loading...
इन्द्रावति र मण्डनदेउपुरका महिला सामूहि तरकारी खेतीमा सक्रिय
- कृषि टि.भी.
- २ साल अघि
- १९ पटक पढिएको


परम्परागत तरीकाबाट तरकारी खेती गर्दै आएपनि आधुनिक तरिकाबाट कसरी व्यवसयाीक तरकारी खेती गर्ने भन्ने बारेमा जानकारी नभएका सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिकाको वडहरे र काभ्रे मण्डनदेउपुरका महिलाहरुलाई राष्ट्रिय कृषक समुह माहसंघले सहयोग गरेको छ । महासंघले सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाको वडहरे र काभ्रेका मण्डन देउपुरका महिला तरकारीको विउ र वेर्ना उपलब्ध गराइ आधुनिक तरीकाबाट व्यवसायीक तरकारी खेती गर्न सहयोग गरेको हो । महासंघको सहयोग पछि व्यवसायिक रुपमा तरकारी खेती गर्ने योजना बनाएको बताउँछिन् चित्रकुमारी दर्जी ।

तरकारी किन्नका लागी लामो बाटो हिडेर जानुपर्ने बाध्यता थियो । तर अहिले करेसामा लठ्रम्म तरकारी फलेका छन् । तरकारी उत्पादन सँगै वरिपरिको वातावरण हरियाली र रमणीय हुदै गएको बताउँछिन् रुपा सुन्दास ।
व्यवसायिक तरकारी खेतीबाट बालबालीका पढाउन र घरखर्चका लागि कसैको भर पर्नु नपर्ने लक्ष्मी नेपालीको भनाई छ । आफूलाई खानमात्र तरकारी रोप्दै आएकी लक्ष्मी व्यवसायीक रुपमा तरकारी खेती गर्ने सोचमा छिन् ।
राष्ट्रिय कृषक महासंघ नेपालले दलित , भूमीहिन , सीमान्तकृत र साना किसानका हकहितमा काम गर्दै आएको अध्यक्ष नवराज बस्नेतको दाबी छ । महासंघको सहयोगमा खानका लागी समेत पानी नभएकोले किसानहरुले भाडा माझेको पानी ड्रममा जम्मा गरेर तरकारी उत्पादन गरीरहेका छन् । दलित महिलाहरुको आर्थिक अवस्था उकास्ने उदेश्यले महासंघले नर्सरी व्यवस्थापन सम्वन्धी तालिम दिएर करिब ५० हजार प्याजको बेर्ना उत्पादन र लसुनको विउ उवलब्ध गराउनुका साथै किसानहरुलाई प्राविधीक सहयोग पनि गर्दै आएको दाबी छ ।
वडा र गाउँपालिकाबाट पनि तरकारी उत्पादनमा सहयोग र सिँचाइ सुविधा भएमा यहाँका किसानहरुले तरकारी उत्पादनबाट राम्रो आर्थिक आम्दानी गर्न सक्नेछन् । यसतर्फ सम्बन्धित निकायले सोच्ने कि ?

