FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बर्जु गाउँपालिका व्यवसायीक स्ट्रबेरी खेती सुरु

    • कृषि टि.भी.
    • २ साल अघि
    • २६ पटक पढिएको
    बर्जु गाउँपालिका व्यवसायीक स्ट्रबेरी खेती सुरु

    |Background of ripe juicy organic farm strawberries with green leaves.

    Background of ripe juicy organic farm strawberries with green leaves.

    एल एन गच्छदार, सुनसरी । तराईमा स्ट्रोबेरी खेती सुन्दा अचम्म लाग्न सक्छ । सुनसरीको बर्जु गाउँपालिका – ४ हसनपुरमा एम एस आई अग्रो प्रा।लिले ३ बिघामा स्ट्रोबेरी खेती सुरु गरेको छ ।

    चिसोमा मात्र फल्ने स्ट्रबेरी तराईमा पनि रोप्न सुरु गरिएको छ। नेपालमै यसको पहिलो व्यावसायिक खेती सुरु भएको हो। नेपालको तराई क्षेत्रमा फल्छ कि फल्दैन भनेर अनुसन्धानात्मक तरिकाले पहिलो पटक स्ट्रबेरी खेती सुरु गरेपनि बजार मूल्य र ब्यबस्थापन अझै हुन् नसक्दा किसान चिन्तित बनेका छन् ।

    हेर्दा लटरम्म फलेको स्ट्रबेरी बजार भने अझै पाउन सकेको छैन । दैनिक २ क्विन्टल उत्पादन हुने स्तोबेरी बजारमा ८० देखि ९० केजी मात्र बिक्रि हुने कर्मचारी सुबास चौधरी बताउछन ।

    मौसमी खेतीका रूपमा लगाइने स्ट्रबेरी लगाइएको दुई महिनादेखि नै फल्न थाल्ने र चार महिनासम्म रहने भएकाले यसको बजारमा यसको मूल्य प्रतिकिलोग्रामको ८०० देखि एक हजारसम्म छ । कम्पनीले धरान, इटहरी, बिराटनगर बजारका लागि पुर्याउछन तर सर्वसाधारणले यो फलको बारे अझै जानकार छैन।

    लाखौ लगानी गरेर उत्पान राम्रो भएपनि बजारमा माग कम छ । यसरी कृषि प्रधान देश भनिए पनि बजार ब्यबस्थापन गर्न राज्यको ध्यान जान सकेको छैन। स्वास्थ्यका लागि अत्यन्तै लाभदायक फल भए पनि यसको प्रशोधन गरेर जुस जाम वाईन बनाएर विदेश निर्यात गर्न सकेको छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित