FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कृषि ‘हाट बजार’ मोबाइल एप संचालनमा

    • कृषि टि.भी.
    • २ साल अघि
    • १८५ पटक पढिएको
    कृषि ‘हाट बजार’ मोबाइल एप संचालनमा

    कृषक र उपभोक्ताबीच सहज रुपमा खरिद ब्रिकी गराउने उद्देश्यले ‘हाट बजार’ मोबाइल एप संचालनमा आएको छ । एप मार्फत किसानहरुले आफ्नो उत्पादनहरु बेच्न र ग्राहक तथा विक्रेताले आफ्नो मूल्यमा सामानहरु मोल–मोलाई गरि सजिल्यै खरिद गर्न सक्ने छन् ।

    यस एपमा किसान तथा बिक्रेताले आफ्नो सामानको मूल्य आफै तोकी त्यसको विवरणहरूको फोटो, मूल्य, स्थान, सामानको गुणहरू, डेलिभरी सुविधा आदि खुलाई एपमा प्रचार गर्न सक्छन्।यस एपमा भएको सामानहरू फिल्टर गरेर हेर्न मिल्ने, बिक्री भएको सामान हटाउन मिल्ने, विक्रेताको प्रोफाइल बनाउन मिल्ने, कृषि सम्बन्धी समाचार पढ्न, भिडियोहरू हेर्न, एफयमहरू सुन्न र सामाजिक संजालमा पनि शेयर गर्न सकिने जस्ता फिचरहरू राखिएका छन् ।

    ट्राभहिल डट कम प्रा लिले उक्त एपलाई बजारमा ल्याएको हो । एप एन्ड्रोएड र आई ओ एस दुवै प्लेटफर्ममा उपलव्ध भएकोले निशुल्क डाउनलोड गर्न तथा चलाउन सकिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित