FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • दुग्ध व्यवसायमा आवद्ध किसानलाई तत्काल कोरोना भ्याक्सिन देऊः नेपाल डेरी एसोसिएसन

    • कृषि टि.भी.
    • २ साल अघि
    • २२ पटक पढिएको
    दुग्ध व्यवसायमा आवद्ध किसानलाई तत्काल कोरोना भ्याक्सिन देऊः नेपाल डेरी एसोसिएसन

    दुग्ध व्यवसायमा आवद्ध भएका किसान र उद्योगीहरुलाई तत्काल कोरोनाको भ्याक्सिन उपलब्ध गराउन नेपाल डेरी एसोसिएसनले आग्रह गरेको छ ।

    कोभिड – १९ को प्रकोप दैनिक बढिरहेको र दुग्ध व्यवसाय अति संबेदनसिल आवश्यक बस्तुभित्र रहेको व्यवसाय भएकोले दैनिक जोखिम मोल्दै अग्रपंक्तिमा रहि काम गर्ने किसान र उद्योगीले अझै कोराना भ्याक्सिन नपाएको भन्दै एसोसिएसनले तत्काल भ्याक्सिन उपलब्ध गराउन कृषि तथा पशुपन्छी मन्त्रालय, स्वास्थ मन्त्रालय, पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, सबै प्रदेश कृषि तथा सहकारी मन्त्रालय , सबै प्रदेश दुग्ध विकास बोर्ड ७५३ वटै स्थानीय निकायलाई पत्राचार गरेको जनाएको छ ।

    दैनिक जोखिम मोल्दै काम गर्ने तीस हजार उद्योगी र ५ लाख किसानलाई तत्काल भ्याक्सिन उपलब्ध गराउन एसोसिएसनले आग्रह गरेको हो ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित