FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • विउजिवन बाँडेर स्याङ्जाको वालिङमा राष्ट्रिय सहकारी दिवस मनाइयो

    • कृषि टि.भी.
    • २ साल अघि
    • २६ पटक पढिएको
    विउजिवन बाँडेर स्याङ्जाको वालिङमा राष्ट्रिय सहकारी दिवस मनाइयो

    हिमाल न्यौपाने, स्याङ्जा । स्याङ्जाको वालिङमा बिउबिजन बाँडेर राष्ट्रिय सहकारी दिवश मनाईएको हो । नगरभित्र क्रियाशिल रहेका अदुवा, बेसार तथा मसलाजन्य सहकारीहरुलाई अदुवाको बिउ बितरण गरिएको छ ।

    ६४ औं राष्ट्रिय सहकारी दिवस २०७७ का अवसरमा सामुहिक खेतीका लागि सहकारीहरुलाई अदुवाको बिउ बितरण गरिएको नगरपालिकाले जनाएको छ । वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत बिभिन्न ३० वटा सहकारीहरुलाई अदुवाको बिउ बितरण गरिएको हो ।वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँण,प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई, दियालो संस्थाका अध्यक्ष कविता तिवारी, कृषि शाखा प्रमुख सुभास अर्याल लगायतले सहकारीमा आवद्ध सदस्यहरुलाई अदुवाको बिउ बितरण गर्नु भएको हो ।

    सहकारीको माध्यमबाट सामुहिक खेती मार्फत नागरिकलाई आर्थिक उपार्जन तर्फ अगाडि बढाउने कार्य अन्तरगत सहकारीहरुलाई अदुवाको बिउ बितरण गरिएको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले जानकारी दिनुभयो ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित