FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सैनामैना नगरपालिकामा कोल्डस्टोर निर्माण हुने

    • कृषि टि.भी.
    • २ साल अघि
    • १८ पटक पढिएको
    सैनामैना नगरपालिकामा कोल्डस्टोर निर्माण हुने

    रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा कोल्डस्टोर(चिस्यान केन्द्र) निर्माण हुने भएको छ । संघीय सरकार अन्र्तगतको कृषि तथा पशुपंक्षि विकास मन्त्रालयको ससर्त अनुदानमा उक्त कोल्ड स्टोर निर्माण हुन लागेको हो ।

    सैनामैना नगरपालिका वडा नम्बर–३ मुर्गिया बजार नजिकै हालै निर्माण गरिएको नयाँ हाटबजार स्थलको नजिकै कोल्डस्टोर(चिस्यान केन्द्र) निर्माण हुने भएको छ । कोल्ड स्टोरको आईतबार सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले सिलन्यास गरे । संघीय सरकारबाट बाट प्राप्त १ करोड रुपैयाँ मध्ये साढे ६५ लाख रुपैयाँ लागतमा कोल्ड स्टोरको भौतिक संरचना निर्माण हुने छ । २ तला स्टील स्टक्चरको भवन मा ५ सय मेट्रिक टन कृषि जन्य बस्तु स्टोरेज गर्न सकिने क्षमता रहेको सैनामैना नगरपालिका का सव ईन्जीनियर प्रदिप कुमार गिरीले जानकारीदिए । कोल्ड स्टोर शुभारम्भ कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले किसानले उत्पादन गरेको बस्तुलाई स्टोर गरी बे मौसममा मुल्य बढि भएको बेलामा विक्रि गर्ने उदेश्यका साथ कोल्ड स्टोर निर्माण शुभारम्भ गरिएको बताए । उनले किसानले उत्पादन गरेको बस्तु बेमौसममा पनि विक्रि गर्ने गरी खासगरी बढि उत्पादन भएको मौसममा स्टोरेज गर्ने र माग बढि भएको बेलामा उत्पादन विक्रि गर्ने गरी कोल्ड स्टोर सञ्चालनमा ल्याउने बताए ।

    कार्यक्रममा बोल्दै नगर प्रमुख कार्कीले नगरपालिकाकाले पहिलो पटक कृषि सडक निर्माण प्रक्रियामा रहेको जानकारी दिदै किसानहरुको लागि नगरपालिकाले आईपीएम कृषक पाठशाला समेत सञ्चालन गरी अर्गानिक बस्तु उत्पादन र विक्रिमा पोत्साहन गर्दै आएको जानकारी दिए ।नगरपालिकाले किसाको उत्पादनले मुल्य नपाउने अवस्था अन्त्यका लागि निरन्तर पहल गरिरहेको भन्दै नगर प्रमुख कार्कीले दुध, माछा मासु, अण्डा, तरकारीमा नगरपालिका आत्मनिर्भर भएको समेत बताए ।

    कार्यक्रममा नेपाली काग्रेस रुपन्देही जिल्लाका उप सभापती फडिन्द्र प्रसाद शर्माले सैनामैना नगरपालिकाले रुपन्देहीमा पहिलो पटक नमुना, नयाँ विकास योजनाहरु ल्याएर उदाहरण पेश गरेको बताए । उनले किसानको उत्पादनमा सहजीकरण, विक्रिमा प्रर्वद्धनका साथै बजारीकरणमा समेत नगरपालिकाले खेलेको भुमिकाको उच्च मुल्यांकन गर्नुपर्ने बताए ।यस्तै नेकपा एमाले क्षेत्र नम्बर ५ ईन्चार्ज नर बहादुर थापाले सबै किसानहरुको साझा बनाउनको लागि किसानहरुको उत्पादकत्वमा वृद्धि गर्नु आवश्यक रहेको बताए । उनले यसको लागि आ आफ्नो क्षेत्रबाट स्थानिय तहलाई निरन्तर सहयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेकमा आओवादी केन्द्रका नगर ईन्जार्च नारायण महत, नगरस्तरिय कृषि समिति संयोजक शेर बहादुर न्यौपाने, काग्रेस सैनामैना सभापती राम प्रसाद अधिकारी लगायतले आ आफ्नो भनाई राखेका थिए । वि.स. २०७८ असार महिनामा निर्माण पुरा गर्ने गरी कोल्ड स्टोरको निर्माण जिल्लामा लक्षिम सजल निर्माण सेवा ले लिएको छ । कुल ६५ साल ५१ ह्जार १ सय १६ रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित