FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कुखुरामा रानीखेत रोग फैलिदाँ कीर्तिपुर मच्छेगाउँका दुई सय किसान प्रभावित, डेढ करोड क्षति, जिम्मेवार निकाय बेखवर

    • कृषि टि.भी.
    • १ साल अघि
    • १४ पटक पढिएको
    कुखुरामा रानीखेत रोग फैलिदाँ कीर्तिपुर मच्छेगाउँका दुई सय किसान प्रभावित, डेढ करोड क्षति, जिम्मेवार निकाय बेखवर

    कीर्तिपुर नगरपालिका ४,मच्छेगाउँका किसानहरुले पालेका बोइलेर कुखुरामा रानीखेत रोग फैलिएको छ । रानीखेत रोग फैलिए संगै यहाँका अधिकांशको कुखुराको खोर रित्तिन थालेको छ । रानीखेतले किसानको ठुलो क्षति भैसक्दा समेत सम्बन्धित निकायको ध्यान पुग्नसकेको छैन ।

    केहि समय अघि कुखुरामा देखिएको बर्डफ्लु रोग नियन्त्रण हुन नपाउदै यतिबेला फेरि रानीखेत रोग देखिन थालेको छ । कीर्तिपुर नगरपालिका ४, मच्छेगाउँका अधिकांश किसानहरुले पालेका कुखुरामा रानीखेत रोग देखा परेको हो । रानीखेत रोग फैलिए संगै यस क्षेत्रका करिव २ सय किसान प्रभावित भएका छन् । ठुलो संख्यामा पोल्ट्री व्यवसायमा निर्भर रहेको यस क्षेत्रमा डेढ करोड क्षति भएको छ । माच्छेगाउ किसानलो पालेका अधिकांश कुखुराको खोर रित्तिन थालेका छन् । कुखुरा पालेर जीविकोपार्जन गर्दै आएका किसान रानीखेतका कारण कुखुरा मर्न थाले पछि चिन्तामा छन् । विगत ३ वर्ष देखि कीर्तिपुरमा कुखुरा पाल्दै आएका रुकुम पश्चिमका खड्क बिष्ट यस्तो समस्या आफुले पहिलो पटक भोगेको बताउँछन् । कुखुरा पालन बाट राम्रो आम्दानी गर्दै आएका विष्ट यो पटक भने कुखुरामा रोग देखिएपछि चुर्लुम ढुवेका छन् । उनले केहि दिन अघि मात्र १ सय ५ रुपैयाका दरले २ हजार ५ सय ६० वटा चल्ला हालेका थिए । अहिले उनको खोरमा ३५ वटा मात्र कुखुरा बचेको छ । ति कुखुरामा पनि रानीखेत रोग सरिसकेका कारण मर्ने अवस्थामा छटपटाई रहेका छन् । ऋणगरेर लगानी गरेका विष्टलई अब ऋण कसरि तिर्ने पिरले सताउन थालेको छ ।

    यहाँका कृषकले कुखुराबाट छोराछोरीको पढाइ खर्च, साँझ बिहानको घरखर्च चलाउँदै आएका छन् । खोरै रित्तिने गरी कुखुरा एकाएक मर्न थाले पछि अब कसरि घर व्यवहार चलाउने ,कसरी ऋण तिर्ने अन्योलमा परेको अर्का किसान प्रदिप कुमार ओली बताउँछन् । २ हजार ६०० वटा बेच्ने तयारी अवस्थामा भएका सबै कुखुरा मरेपछि ब्यवसायबाट पलायन हुनु पर्ने अवस्था आएको बताउँछन् ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लुको मारमा परेका किसानलाई क्षतिपूर्ति दिन लागेको भए पनि रानीखेतको प्रकोपबाट नोक्सानी व्यहोरेका किसानको भने वास्ता नगरेको राष्ट्रिय कुखुरा पालक किसान संघर्ष समितिका सदस्य यम प्रकाश ओलीले बताउँछन् ।
    बर्डफ्लु जतिकै प्रकोप भएकाले रानीखेतबाट प्रभावित किसानहरुलाई पनि क्षतिपूर्तिको दयारामा राख्न उनले सरकार संग माग गरेका छन् । पछिलो समय बजारमा कुखुराको मासुको मूल्य बढीरहेको र भारतीय कुखुरा भित्राउन ठुला ब्यवासायीको मिलेमतोमा सुन्योजित तरिकाले रोग भित्राए उनको आरोप छ ।

    रानीखेत रोग एक अत्याधिक घातक र संक्रामक रोग रुपमा मानिन्छ । यो रोग लागेपछि कुखुरा झोक्राउने, दानापानी नखाने, सिर रातो हुने, खुट्टामा रातो र निलो देखिने, हरियो रङ्गको दिशा गर्ने, अण्डा पार्न विस्तारै कम गर्दै जाने, ज्वरो आउने, कुखुराले आकासतीर मुण्टो बटारी हेर्ने लगायतका लक्षण देखापर्दछ । नेपालमा रानीखेत रोग कुखुरापालन गरिएका सबैक्षेत्रमा देखिने गरेको पाइन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित