FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बगाले बगेडी चराको संरक्षणप्रति सरोकारवालाको चासो

    • कृषि टि.भी.
    • २ साल अघि
    • २० पटक पढिएको
    बगाले बगेडी चराको संरक्षणप्रति सरोकारवालाको चासो

    पोखरा । प्राकृतिक सौन्दर्यतामा मात्र नभई पर्यावरण र जैविक विविधतामा पनि उत्तिकै महत्वपूर्ण मानिने बगाले बगेडी चरा सङ्कटापन्न अवस्थामा पुगेपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

    पोखरा पक्षी समाज र नेपाल पक्षी संरक्षण सङ्घको संयुक्त आयोजनामा पोखरामा आयोजित बगाले बगेडी चरा संरक्षणमा सरोकारवालाबीचको अन्तक्र्रियामा सहभागीले चिन्ता र चासो व्यक्त गरेका हुन् ।

    अन्तक्र्रियामा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ एवं गिद्ध विशेषज्ञ समूहका सदस्य कृष्ण भुषालले बगाले बगेडी भँगेरा आकारको रङ्गीन र आकर्षक चरा भएको जानकारी दिए । उनका अनुसार विशेषतः जाडोयाममा रुस, मङ्गोलिया, चीनलगायतबाट बसाइँसराइ गरेर नेपालमा आउने गर्दछ ।

    पछिल्लो समय मानिसले मासुका लागि यस चराको बढी शिकार गर्ने थालेपछि अहिले यो चरा विश्वमै अतिसङ्कटापन्न अवस्थामा पुगेको छ । हरेक वर्ष चीनमा मनाइने ‘बाउल फेस्टिभल’ मा यसलाई खाने गरिन्छ । बर्डलाइफ इन्टरनेशनलका अनुसार त्यही फेस्टिभलका बेला एक वर्षमा करिब १० लाख वटासम्म बगाले बगेडीको शिकार हुने गरेको तथ्याङ्कले देखाएको छ ।

    उत्तरी भूगोलमा प्रजनन गर्ने ती साना आकर्षक चरा नेपालसहित दक्षिण र दक्षिण–पूर्व एशियाली मुलुकतिर जाडो छल्न आउने गरेको उहाँको भनाइ छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा महेश्वर ढकालले वातावरण जोगाउन सके चराचुरुङ्गीको बासस्थान जोगाउन सकिने बताए ।

    “वातावरणका बारेमा साझा चासो र चिन्ता आवश्यक छ, वातावरण जोगाउने जिम्मा सरकारको मात्र हो भनेर बुझ्नु हुँदैन यो सबैको साझा दायित्व हो”, ढकालले भने । उनले तालतलैयामा फोहर फाल्ने संस्कृति बढ्दै गएको र सिमसार मासिदै जाँदा बासस्थान विनाश र अव्यवस्थितरूपमा विषादीको प्रयोगलगायतका कारणाले बसाइँसराइ गरी आउने पाहुना चरालाई प्रभाव पारेको बताए ।

    बर्ड एजुकेशन सोसाइटीका चितवनका अध्यक्ष रमेश चौधरीले नेपालमा ८८६ प्रजातिका चरा अभिलेखीकरण भएको जानकारी दिए । उनका अनुसार विश्वमा ११ हजार २२५ प्रजातिका पक्षी छन् ।

    नेपालमा डाँफे, मुनाल, चिरफेजन, खर मयुर, सेतो गरुड, कालो गरुड, सानो खर मयुर र राजधनेस गरी नौ प्रजातिका पक्षीलाई संरक्षित पक्षी भनी घोषणा गरिएको छ । काँडे भ्याकुर नेपालमा मात्र पाइने पक्षी हो । रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित