
FLASH NEWS
- Loading...
चैते धान खेतमा गवारोको प्रकोप बढ्दै
- कृषि टि.भी.
- २ साल अघि
- १७ पटक पढिएको


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई राजपुर बर्दियाले चैते धान खेतमा गवारोको प्रकोप बढ्दै गएका कारण सावधानी अपनाउन आग्रह गरेको छ । साथै किराको प्रकोप बढी देखिए र रासायनिक विषादी प्रयोग गर्नै पर्ने अवस्था भएमा प्राविधिक सुझाव अनुरूप स्वास्थ्य सावधानी अपनाई विषादी प्रयोग गर्न पनि आग्रह गरेको छ । गवारो धानमा लाग्ने एक प्रमुख किरा हो । धानमा गाँज आउने देखि लिएर फुल फुल्ने वा बोटको वयस्क अवस्था सम्म यसले आक्रमण गरी वर्षेनी ठुलो क्षति पुर्याउँछ । यो रातीमा क्रियाशील हुने एक किसिमको पुतली हो ।


प्रतिक्रिया दिनुहोस
