FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा ‘मेरो कित्ता’ कार्यक्रमको शुभारम्भ

    • कृषि टि.भी.
    • २ साल अघि
    • २६ पटक पढिएको
    प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा ‘मेरो कित्ता’ कार्यक्रमको शुभारम्भ

    काठमाडौँ । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘मेरो कित्ता’ कार्यक्रमको शुभारम्भ गरेको छ । विहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो कित्ता’ कार्यक्रमको शुभारम्भ गर्नू भएको छ । कार्यक्रम चालु आर्थिक वर्षमा काठमाडौँ उपत्यकाभित्र लागु हुनेछ । भने, आगामी आर्थिक वर्षमा उक्त सेवा देशभर विस्तार हुने छ ।।

    प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनामा हुने ढिलासुस्तीलाई कदापी स्वीकार गर्न नसकिने बताउनुभएको छ । काठमाडौंमा नापी विभागले गरेको मेरो कित्ता नामक अनलाइन प्रणालीको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले केहि आयोजनाहरु नियतवसनै ढिलाई गरिएको देखिएको भन्दै ढिलासुस्तीलाई कदापी स्वीकार गर्न नसकिने बताउनुभयो । उहाले माथिल्लो तामाकोशीमा पनि एक वर्षयता अस्वाभाविक ढिलाइ भइरहेको र विलम्ब सह्य नहुने बताउनुभयो ।

    ढिलासुस्ती गर्ने मान्छेहरु को हुन् हेर्नुपर्ने समय आएको भन्दै उहाँले काममा ढिलासुस्ती, व्यवधान, अस्वाभाविक रुपमा ढिलासुस्ती गर्नेलाई देख्न नसक्ने उल्लेख गर्नुभयो । त्यस्तै प्रधानमन्त्री ओलीले आफ्नो कडाइका कारण मेलम्ची काठमाडौं आएको जिकीर गर्नुभयो । उहाले मुलुक असारण बिकासको बाटोमा अघि बढिरहेको तर्क गर्नुभयो । प्रधानमन्त्री ओलीले मालपोत र नापीको काम डिजिटलाइज हुनु नापी प्रशासनमा असाधारण उपलब्धि भएको दाबी गर्नुभयो । सरकारी कार्यालयहरु डिजिटल बनाउदै लगेको भन्दै उहाँले प्रविधिको विकासका साथै हस्तान्तरण पनि गरिने बताउनुभयो ।

    त्यस्तै भूूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा शिवमाया तुम्वाहाङ्फेले डिजिटल नेपालको यात्रालाई सफल पार्न कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाले अहिले जनताको गुनासो नआउने गरि कर्मचारीले कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

    थानकोट महादेवस्थान स्थान निवासी कित्ता नम्बर १०३१ की जग्गाधनी दमन्ता ढुंगाना उक्त सेवा लिने पहिलो ग्राहक बन्नुभएको थियो । उहालाई प्रधानमन्त्री ओलीले ‘मेरो कित्ता’ सेवा मार्फत प्रिन्ट गरिएको नक्सा हस्तान्तर गर्नुभयो । ‘मेरो कित्ता’ मार्फत अब जुनसुकै स्थानमा जहाँबाट पनि इन्टरनेटको माध्यमबाट घरजग्ग्गाको नक्सा हेर्न मिल्ने तथा आफैले नै प्रिन्ट गर्ने मिल्ने व्यवस्था रहेको नापी बिभागले जनाएको छ । यससँगै, घरजग्गाको नक्सा प्रिन्ट तथा उक्त सेवा वापतको शुल्क बुझाउन कार्यालय धाइरहनु पर्ने झंझटबाट मुक्त भएको बिभाागको भनाई छ । उक्त सेवा बिहीबार नै काठमाडौं उपत्यकाका डिल्लीबजार, कलंकी र भक्तपुरको कार्यालयमा सुरु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित