FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कृषिमन्त्री पद्माकुमारी अर्यालद्वारा सांसद्हरुसँग छलफल

    • कृषि टि.भी.
    • २ साल अघि
    • २९ पटक पढिएको
    Post Thumbnail

    काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले बजेट, नीति तथा कार्यक्रमसम्बन्धी छलफल गर्नुभएको छ । मन्त्री अर्यालले हिजो शुक्रबार मन्त्रालयमा विशेष कार्यक्रमको आयोजना गरी आर्थिक वर्ष २०७८÷७९ को कृषि मन्त्रालयको बजेट, नीति तथा कार्यक्रमका सम्बन्धमा सांसदहरुसँग छलफल गरी सुझाब लिनुभएको हो ।

    कार्यक्रममा बोल्दै कृषिमन्त्री अर्यालले विगतमा सञ्चालित कार्यक्रमलाई यसपाली सरकारले सच्याउने बताउनुभयो । विगतमा सञ्चालनमा आएका तर प्रभावकारी हुन नकसकेका केही कार्यक्रमबारे मान्यज्यूहरुले प्रश्न उठाउएक्ँे भन्दै ति कार्यक्रम सच्याउने र केही कार्यक्रम नयाँ थप्ने तयारी रहेको मन्त्री अर्यालको भनाई थियो ।

    त्यस अवसरमा बोल्ने सांसदहरुले प्राङ्गारिक मलको प्रयोगमा जोड दिनुपर्ने, अनुदानका कार्यक्रमहरुमा विशेष ध्यान दिनुपर्ने, त्यसमा गैरकिसानले सुविधान लिने कुरालाई रोक्नुपर्ने, विभिन्न समयमा आउने विपद्बाट हुने जोखिम न्यूनीकरणमा ध्यान दिनुपर्ने कुरा राख्नुभएको थियो । साथै मागअनुसार सिधै स्थानीय तहमा बजेट पठाउने ब्यवस्था गरिनुपर्ने, संघ, प्रदेश र पालिकाको कार्यक्रमबीचमा समन्वय बढाउनुपर्ने, गुणस्तर मापन ल्याब स्थापना गर्नुपर्ने सांसदहरुको भनाइ थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित