- Loading...
खडेरीपछिको बर्षाले किसानलाई राहत
- कृषि टि.भी.
- २ साल अघि
- २६ पटक पढिएको


काठमाडौँ । लगातारको खडेरीले बालीनाली सुक्दै गएको बेला नेपालका धेरै जिल्लमा वर्षा भएपछि किसानहरु खुशी भएका छन । लामो समयको अन्तरालपछि पानी पर्दा बालीनाली सप्रिने केही दिन अघिदेखि बढेको वातावरणीय प्रदूषण कम हुने र आगलागी पनि नियन्त्रणमा आउने भएपछि किसान खुशी भएका हुन ।

मौसममा आएको परिवर्तनसँगै शुक्रबार राती नेपालका भेरैजसो जिल्लामा जिल्लामा पानी परेको छ । लामो समयपछि पानी पर्दा बाँझो जमिन खनजोत गर्न, मकै रोप्न तथा गोड्न सजिलो हुने भएको छ । लगातारको खडेरीले बालीनाली सुक्दै गएको बेला भएको वर्षाले केही राहत भएको किसानहरु बताउँछन । धेरै तरकारी खेति तथा बालिनालि लगाउने बेला परेको पानिले केही फाइदा भए पनि पर्याप्त नभएको उनिहरुको भनाइ छ ।
वर्षाले हरियो साग तरकारी बालीलाई लागि निकै फाइदा पुर्याएको कृषि शाखा प्रमुखहरुले जानकारि दिएका छन । तर ठुला अशिना परेका स्थानमा बालि भित्र्याउने बेला भएका किसानलाई भने केही सास्ती भएको छ । असोजयता पानी नपरेपछि यो वर्ष हिउँदे खेतीमा नराम्रो असर परेको थिायो भने बर्खे खेती लगाउन पनि असर परेको थियो ।

