FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • वन्यजन्तु संरक्षणका लागि सन्देश प्रवाह

    • कृषि टि.भी.
    • २ साल अघि
    • १२१ पटक पढिएको
    वन्यजन्तु संरक्षणका लागि सन्देश प्रवाह

    वैशाख । वन्यजन्तु संरक्षणका लागि सन्देश प्रवाह गर्न वाग्मती प्रदेशको राजधानी हेटौँडामा रहेको वन विज्ञान अध्ययन संस्थानमा वन विज्ञान विषय अध्ययनरत विद्यार्थीले जनचेतनामूलक अभियान थालेका छन् ।

    वन्यजन्तु संरक्षणमा सबै क्षेत्रको सहयोगको अपेक्षा गरिएको जनाउँदै मानिसमा सकारात्मक सोचको वृद्धि गर्न संरक्षणमा टेवा पुर्‍याउने उद्देश्यले यस्तो जनचेतनामूलक अभियान थालिएको विद्यार्थी सुजन खतिवडाले बताएका छन् ।

    अभियानअन्तर्गत सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, वन्यजन्तु गणना तालीम, वन्यजन्तुसम्बन्धी जानकारी, फोटो प्रदर्शनी र वन्यजन्तुको खानेपानी मुहान संरक्षणलगायत विविध कार्यक्रम रहेको अर्का विद्यार्थी दीपराज भुसालले जानकारी दिएका छन् ।

    विद्यार्थीले वन्यजन्तु संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यले वन्यजन्तु सप्ताह मनाइरहेका छन् । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विद्यार्थीले यस अगावै संस्थानदेखि बुद्धचोकसम्म विभिन्न सन्देशमूलक प्लेकार्डसहित प्रदर्शन गरिसकेका छन् ।

    विद्यार्थीले आफ्नो अनुहारमा विभिन्न वन्यजन्तुको चित्रसमेत बनाएर सन्देशमूलक कार्यक्रम गरिसकेका छन् । संस्थानमा हाल वन विज्ञान विषयमा करीब ७०० विद्यार्थी अध्ययनरत छन् ।

    देक्षेलिङ गुम्बा निर्माण
    वाग्मती प्रदेशको राजधानी हेटौँडामा देक्षेलिङ गुम्बा निर्माणको काम शुरु गरिएको छ । करीब रु १ करोड लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ हेटौँडा उपमहानगरपालिका–१४ कालोपानीमा गुम्बा निर्माणको काम अघि बढाइएको हो ।

    चालु आर्थिक वर्ष २०७७र७८ मा उपमहानगरपालिकाको रु ६ लाख ३० हजार लागतबाट गुम्बा निर्माणको काम थालिएको भए पनि अन्य रकम विभिन्न निकायको आर्थिक सहयोग र उपमहानगरपालिकाले आगामी आवमा आर्थिक रकम थप गरी गुम्बा निर्माणको काम सम्पन्न गर्ने योजना बनाइएको छ । रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित