FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बर्दियामा बङ्गुर मिसन कार्यक्रम कार्यान्वयन

    • कृषि टि.भी.
    • २ साल अघि
    • ३६ पटक पढिएको
    बर्दियामा बङ्गुर मिसन कार्यक्रम कार्यान्वयन

    बाँके । बारबर्दिया नगरगरपालिकामा ‘बङ्गुर मिसन कार्यक्रम’ कार्यान्वयनमा आएपछि स्थानीयवासी औधि खुशी भएका छन् । यस वर्ष २८ फार्ममा सो कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको जनाइएको छ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख विनोद घिमिरेले बङ्गुर मिसन कार्यक्रम कार्यान्वयन गर्न रु ५० लाख लगानी गरिने जानकारी दिए ।

    एकीकृत कार्यालयमार्फत ‘मकै मिसन’मा ६५ हेक्टर पुग्नुपर्नेमा ५० हेक्टर मात्र पुगेको छ । मकै र तरकारी खेती मिसन कार्यक्रमका लागि रु तीन करोड २९ लाख अनुदान दिइने कार्यालयका सूचना अधिकारी सन्तोष पाठकले बताए । उनले लगानीअनुरुप किसानले उक्त कार्यक्रमलाई सदुपयोग गरेको तथा उत्पादन, बजारीकरण र आम्दानीमा उल्लेखनीय उपलब्धि देखिएको जानकारी दिए ।

    लसुनप्याज मिसनअन्तर्गत ५० हेक्टर क्षेत्रफलमै उत्पादन भइरहेको जनाइएको छ । कार्यालय प्रमुख घिमिरेले भने, “यो कार्यक्रमले किसानलाई थप कृषि कर्ममा लाग्न प्रेरित गरेको छ । कार्यालयले रु दुई करोड ६५ लाख लगानी गरेको छ ।”

    कुखुरा व्यवसायीले पाएनन् मूल्य

    बारबर्दिया नगरपालिका–११ का कुखुरा व्यवसायी उचित मूल्य नपाउँदा मर्कामा परेका छन् । स्थानीयवासी तुलसीराम थारूले भने, “ हामी कुखुरा व्यवसायीले उचित मूल्य नपाउँदा मर्कामा परेका छौँ । यसलाई प्रवद्र्धन गर्न सरकारले प्राथमिता दिनुपर्छ । ”

    दाङ, रुपन्देही, बाँके र पाल्पामा कुखुरापालन व्यवसायमा कृषकको चाहना बढ्दै आएको पाइएको छ । लुम्बिनी प्रदेशको दाङ जिल्लामा सबैभन्दा धेरै मात्रामा कुखुरापालन हुँदै आएको छ । प्रदेश कुखुराको मासु र अण्डामा आत्मनिर्भर भई अन्य प्रदेशमा निर्यातसमेत भइरहेको छ । रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित