FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • अवैध रुपमा आयात गरिएको कुखुरा र हाँसको चल्ला नियन्त्रणमा

    • कृषि टि.भी.
    • १ साल अघि
    • २५ पटक पढिएको
    अवैध रुपमा आयात गरिएको कुखुरा र हाँसको चल्ला नियन्त्रणमा

    भारतबाट अवैध रुपमा आयात गरिएको कुखुरा र हाँसको चल्ला नियन्त्रणमा लिइएको छ । शसस्त्र प्रहरी बल २७ नम्बर गण रुपन्देहीले २ सय ५० वटा कुखुरा र इलाका प्रहरी कार्यालय लुम्बिनी, रुपेन्देही पनि ठूलो संख्यामा हाँसका चल्ला बरामद गरेको हो । बर्डफ्लुलगायत रोगका माहामारीका कारण पन्छी तथा पन्छी जन्य उत्पादनको अवैध आयातमा प्रतिबन्ध लगाएपनि भारतबाट लुकीछिपी आयात हुँदै आएको छ । वैध ओसारपसार नियन्त्रणमा रुपन्देही जिल्लाका सुरक्षा निकायहरु र पशु क्वारेन्टाइन कार्यालय बेलहिया रुपन्देहीको समेत सक्रियता रहेकोे बताइएको छ । अबैध रूपमा आयात हुने कुखुरा, मासु नियन्त्रण गर्ने सुरक्षा निकायलाई नेपाल कुखुरा व्यवसायी मन्च चितवनले र चल्ला नियन्त्रण गर्ने सुरक्षा निकायलाई नेपाल हयाचरी उद्योग सघले उच्च मुल्यांकन गर्दै प्रोत्साहन र सम्मान गर्दै आइरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित