FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • हावाहुरि र असिनापानिले प्लाष्टिक घर भत्काउँदा थानकोटका किसानको लाखौँ क्षति

    • कृषि टि.भी.
    • २ साल अघि
    • ३५ पटक पढिएको
    हावाहुरि र असिनापानिले प्लाष्टिक घर भत्काउँदा थानकोटका किसानको लाखौँ क्षति

    गत बिहिबार देखि देशैभरि भएको निरन्तर बर्षाले किसानलाइ केहि राहत पुगेपनि बर्षासँगै आएको हावाहुरिले भने धेरै क्षति पु¥याएको छ । चन्द्रागिरि नगरपालिकामा रहेको थानकोट युवा कृषि समुहले लगाएको तरकारि बालि तथा प्लास्टिक घरमा लाखौको क्षति पुगेको छ ।

    गत विहीवार बर्षासँगै आएको हावाहुरिले किसानले लगाएको तरकारि बालि तथा प्लास्टिक घरमा क्षति पु¥याएको छ । असिना पानी र हावाहुरीका कारण लखौं रुपैयाँ क्षति व्यहोर्न बाध्य एक किसान हुन् चन्द्रा गिरी नगरपालिकाका कर्णबहादुर घर्तिमगर । उनी थानकोट युवा कृषि समुहका अध्यक्ष समेत हुन् । कर्ण बहादुरले बिगत १९ बर्षदेखि चन्द्रागिरि नगरपालिका खरिबोटमा ४३ रोपनि क्षेत्रफलमा तरकारि तथा गोलभेँडा खेति गर्दै आएका छन । गत बिहिबार पानिसँगै आएको हावाहुरिले उनले बनाएको तिन रोपनिको प्लाष्टिक घर भत्काइदियो । उनको मात्र हैन त्यहाँका अधिकांस किसानको प्लाष्टिक घर क्षतबिक्षत हुनेगरि भत्किएको छ तर यसबारे संम्बन्धित निकाय बेखबर जस्तै छन । कृषि पेसामा आबद्ध भएका किसानलाइ सम्बन्धित संस्थाबाट बजार र बित्तिय सपोर्टको आवश्यक रहेको कर्ण बहादुर बताउछन । सम्बन्धित निकायले पनि बास्तविक किसानलाइ नभएर गैर किसानलाइ सहयोग गरेको उनको गुनासो छ

    यस्तै, २५ बर्षदेखि च्याउ खेति गर्दै आएका किसान सुरेन्द्र गिरिको गुनासो पनि त्यही छ । हावाहुरीले पु¥याएको क्ष्तिको बारेमा कृषि साखामा विपद व्यवस्थापनको सहयोग लिन निवेदन दिँदा समेत सुनुवाइ नभएको गिरीको गुनासो छ ।

    यता चन्द्रागिरि नगरपालिका, वातावरण तथा विपद व्यवस्थापन साखाकि अधिकृत भद्रा अर्यालले वडा स्तरमा पनि विपदको लागि बजेट छुट्याउन पहल गरेको र किसानका यस्ता समस्या विपद व्यवस्थापनको बैठक बसि चाँडै नै सम्बोधन गर्ने बताउनुभएको छ । कहाँ कति दिने भन्ने कुरा क्षतिको विवरण हेरेर छलफलबाट निष्कर्ष निकालिने उहाँको भनाई छ ।

    यसरि किसानका समस्याबारे संम्बन्धित संस्था तथा सरकारि निकायले नै ध्यान नदिँदा किसानलाइ समस्यामाथि समस्या थपिएको छ । जिम्मेवार निकायले किसानका समस्यामा पनि आँखा डुलाउने कि ?

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित