FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • जिल्ला प्रशासन कार्यालय बर्दियाद्धारा हाट बजार संचालनमा रोक, उत्पादित कृषि उपजको बजारीकरण गरीदिन किसानहरुको माग

    • कृषि टि.भी.
    • २ साल अघि
    • २२ पटक पढिएको
    जिल्ला प्रशासन कार्यालय बर्दियाद्धारा हाट बजार संचालनमा रोक, उत्पादित कृषि उपजको बजारीकरण गरीदिन किसानहरुको माग

    कारोनाको कारण जिल्ला प्रशासन कार्यालय बर्दियाले जिल्ला भरीका हाटबजार संचालनमा रोक लगाएको छ । बजार बन्द भएसँगै यहाँका ६२ जना कृषक शेयर सदस्यहरु मिलेर सञ्चालन गरेको बबई कृषि सहकारी संस्थाबाट उत्पादन भएको टमाटर कुहिएर जाने अवस्था आएको छ ।

    बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा न. ५ स्थित बालापुर गाँउमा सामुहिक तरकारी खेति गर्ने उदेश्यले २०७५ सालमा ६२ जना कृषक मिलेर सञ्चालन गरिएको बबई कृषि सहकारी संस्थाबाट उत्पादन हुने लाखौ रुपैयाको टमाटर खेतबारीमै कुहिने अवस्थामा पुगेको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाले जिल्ला भरीका हाटबजार संचालनमा रोक लगाएपछि बबई कृषि सहकारी संस्थाका कृषकहरु चिन्तित देखिएका छन । उक्त संस्थामा आबद्ध भएर ६२ जना शेयर सदस्यले १२ विघा जग्गामा टमाटर लगाएका छन । गत सालको कोरोना प्रकोप र लकडाउनका कारण आफुहरुले लगाएको सबै टमाटर खेतबारीमै सडेर गएकाले ठुलो क्षति पुगेको बबई कृषि सहकारी संस्थाका अध्यक्ष बुद्धिराम चौधरीले बताउनुभयो । कोरोनाको त्रासले गर्दा यो बर्ष पनि खेर जाने स्थितिमा पुगेकाले क्षतिपुर्ति दिनुको सट्टा सरकारले एउटा सस बनाउने मेसिन उपलब्ध गराईदिन उहाँले आग्रह गर्नुभएको छ । यसो गर्दा आफनो खेतबारीको टमाटर नोक्सान हुनबाट बच्ने र घाटा पनि कम हूने उहाँको भनाइ छ ।

    यस्तै बबई कृषि सहकारी संस्थाका कोषाध्यक्ष धनिराम चौधरी पनि कोरोना प्रकोप र लकडाउनले गर्दा गत बर्ष धेरै नोक्सानी ब्योहोरेको र यस वर्ष पनि कोरोनाको त्रासले गर्दा ठुलो घाटा हुने संभावना देखिएको बताउनुहुन्छ । उहाँले पनि सस बनाउने मेसिन उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।

    बबई कृषि सहकारी संस्थाले १२ विघा जग्गामा लगाएको टमाटर प्रत्येक २ दिनमा ८ देखी १० क्यून्टलसम्म उत्पादन हुने गरेको छ । उत्पादित टमाटर बर्दिया जिल्ला र बाँके जिल्लाको नेपालगंज र कोहलपुर बजारमा बिक्री हुने गर्छ । बार्षिक ५० लाख भन्दा अधिक रकमको टमाटर उत्पादन गरेर बिक्रि गर्ने बबई कृषि सहकारी संस्थाका कृषकहरुले गत साल कोरोना प्रकोप र लकडाउनले गर्दा लाखौ रुपैयाँको नोक्सानी ब्यहोरेको र कुनै पनि सरकारी निकायबाट कुनै किसिमको क्षतिपूर्ति नपाएको गुनासो गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित