- Loading...
कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाद्धारा कार्य प्रगतीको समिक्षा
- कृषि टि.भी.
- २ साल अघि
- ३५ पटक पढिएको


एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाले आ.बा.२०७७÷०७८ मा गरेका प्रगतीको समिक्षा र आगामी आ.बर्षको योजना तर्जुमा संबन्धि गोष्ठी सञ्चालन गरेको छ । यहि बैशाख ९ गते बर्दिया जिल्लाका ८ वट्टै स्थानिय निकायका जनप्रतिनिधिका साथै प्रदेश सभाका सांसदहरु र स्थानिय निकायका प्रमुख प्रशासकिय अधिकृतहरुलाई सहभागी गराई कार्यक्रमको आयोजना गरेको हो ।

२०७७ असोजमा बर्दियाको सदरमुकाम गुलरियामा कार्यालय स्थापना भएको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले स्थानिय निकायका जनप्रतिनिधि तथा प्रमुखहरुसँग प्रगतीको समिक्षा र आगामी आ.बर्षको योजना तर्जुमा संबन्धि छलफल गरेको छ । कार्यक्रममा बोल्दै राजापुर नगरपालिका बर्दियाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले कृषि क्षेत्रमा स्थानिय निकायको कार्यक्रम र प्रदेश सरकारको कार्यक्रम एकआपसमा नजुधाउन आग्रह गर्नुभएको छ । साथै उहाँले यसरी कार्यक्रमको समिक्षा हुनु राम्रो कार्य भएको बताउनुभयो ।
लुम्बिनी प्रदेशका सभासद कबिराम चौधरीले एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यलयले स्थानिय तह र जिल्ला कार्यलयको संमन्वय मा योजना तर्जुमा र बार्षिक संमिक्षा गोष्ठीमा आफ्नो अभिब्यक्ति दिने मौका पाएकोमा खुसि व्यक्त गर्नुभयो । प्रदेश सरकार र स्थानिय सरकारको समन्वयमा मात्र अगाडी बढन सकिने उहाँको तर्क छ ।
यता एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यलय बर्दियाका कार्यलय प्रमुख बिनाद घिमिरेले एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यलय स्थापना भए देखी
हालसम्म गरेका कामकार्बाहीको समिक्षा र आगामी आ.बा.०७८÷०७९ को बजेट तर्जुमाका लागि स्थानिय तहसंग योजना तर्जुमा गोष्ठीको सञ्चालन गरेको बताउनुभयो ।
प्रगती समिक्षा तथा योजना तर्जुमा कार्यक्रमको अध्यक्ष्यमा जिल्ला समन्वय समिति बर्दियाका अध्यक्ष शंकर प्रसाद थारु हुनुहुन्थ्यो । त्यस्तै अतिथिहरुमा बर्दिया जिल्लाका ८ वट्टै स्थानियका जनप्रतिनिधिहरु र प्रमुख प्रशासकिय अधिकृतहरु हुनुहुन्थ्यो । एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यलयका अधिकृत तिर्थ खड्काले कार्यक्रम संचालन गर्नुभएको थियो ।

