FLASH NEWS
- Loading...
गिद्धको अस्वभाविक मृत्यु घटनाप्रति नेपाल भेटनरी एसोसिएसनको ध्यानकर्षण
- कृषि टि.भी.
- २ साल अघि
- २१ पटक पढिएको


नेपाल भेटनरी एसोसिएसनले नवलपरासी जिल्लाको रामग्राम नगरपालिका वडा नं ४ जितपुरमा ठुलो सख्यामा मारिएका गिद्धको अस्वभाविक मृत्यु घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । अमानवीय तरिकाबाट विष खुवाएर केही कुकुर मारेको तथा उक्त कुकुर खाएपछि गिद्ध मरेको प्रारम्भिक अनुमान गरिएको छ । एसोसिएनले विज्ञप्ती प्रकाशित गर्दै उक्त प्रकारको अमानवीय गतिविधिको भत्र्सना गरेको छ । केही समययता देशका विभिन्न स्थानमा पशुहरुलाई चरम अमानविय यातना दिई मार्ने, चोटपटक पूर्याउने जस्ता घटना बढेको एसोसिएसनको भनाइ छ । उल्लेखित घटनाको उच्च स्तरीय समिति बनाइ सत्यतथ्य जाचँबुझ गरी त्यस प्रकारका अमानविय कार्यमा संलग्न व्यक्तिहरुलाई कानून बमोजिम हदैसम्मको कार्वाही गर्न सम्बन्धित स्थानीय प्रशासनसंग एसोसिएसनले माग गरेको छ ।


प्रतिक्रिया दिनुहोस
