FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सातै प्रदेशमा फैलियो रानीखेत र एच नाइन रोगको प्रकोप

    • कृषि टि.भी.
    • २ साल अघि
    • २१ पटक पढिएको
    सातै प्रदेशमा फैलियो रानीखेत र एच नाइन रोगको प्रकोप

    कुखुरा लगायत अन्य पंक्षीमा रानीखेत र एच नाइन रोगको प्रकोप व्यापक रुपमा फैलिएको छ । मङ्सिरबाट फाटफुट देखिएको यो रोगको प्रकोप अहिले सातै प्रदेशमा फैलिएको छ । व्यावसायिक रुपमा पालेका कुखुरा, स्थानीय जातका कुखुरा, हाँस, टर्कीलगायतका पक्षीमा रोगको प्रकोप देखिएको छ । पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका अनुसार कुखुरामा रानीखेत, एच नाइनसँगै व्याक्टेरियल जस्ता समस्या देखिएका छन् । यो प्रयोगशालामा देशैभरबाट नमूना आउने गर्दछ । रोग नियन्त्रणका लागि जैविक सुरक्षा आवश्यक पर्ने हुदाँ खोरमा पूर्ण रुपमा सरसफाइ, आवतजावतमा कडाइ, नियमित किटनाषक औषधिको प्रयोग, कुखुरालाई गर्मी भएमा ग्लुकोज र भिटामिन खुवाउन पर्दछ । रोगका कारण अण्डा र चल्लालगायत उत्पादन घटेको छ । अण्डा उत्पादक सङ्घका अनुसार दैनिक ३२ देखि ३४ लाख अण्डा उत्पादन हुँदै आएकोमा रोगका कारण २५ प्रतिशत उत्पादन घटेको छ । ब्रोइलर कुखुरामा रोग देखिएपछि ९५ प्रतिशतसम्म, लेयर्समा २५ प्रतिशतसम्म, प्यारेन्टमा १५ प्रतिशतसम्म र स्थानीय जातमा शतप्रतिशतसम्म कुखुरा मर्ने बताइएको छ । करिब चार महिना अघि स्थानीय जात, तीन महिना अघि लेयर्स, दुई महिना अघि, ब्रोइलर र गिरिराज हुँदै गत महिनाबाट प्यारेन्ट माउमा समेत समस्या देखिन थालेको छ । ठूलो सङ्ख्यामा व्यावसायिक कुखुरापालनमा क्षति भएको भए पनि सरकारले एकिन विवरण भने सङ्कलन गरेको छैन । व्यवसायीहरुले भने बड्फुमा जस्तै रानीखेत रोगमा पनि सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित