FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बन्द भए रुपन्देहीका १ सय २२ स्थानका हाटबजार

    • कृषि टि.भी.
    • २ साल अघि
    • २६ पटक पढिएको
    बन्द भए रुपन्देहीका १ सय २२ स्थानका हाटबजार

    रुपन्देही जिल्लाको विभिन्न ठाउँमा संचालित १ सय २२ हाटबजार बन्द गरीएका छन् । कोराना कहरको दोस्रो चरण सुरु भएपछि रुपन्देहीमा नियमित रुपमा लाग्दै आएका हाट बजारहरु बन्दा गरिएका हुन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको आदेशमा नियमित रुपमा लाग्दै आएका सबै हाटबजारहरु अर्को सूचना जारी नभए सम्मका लागि बन्दा गरिएको छ । हाटबाजार बन्द गर्न अटेर गरेको ठाउँमा प्रहरी परिचालन गरेर बन्द गराइएको छ । बुटवल ६ मा संचालनमा रहेको पुरानो हाटबजारमा शनिवार विहान प्रहरी परिचालन गरी बन्दा गराईएको छ । विहान बजारमा समान लिएर गएका व्यवसायीहरु प्रहरीले बस्न दिएनन् । यता दैनिक उपभोग्य बस्तु , तरकारी को हाट बजारमा व्यवसाय गर्दे आएका व्यवसायीहरुले भने आफुहरुले भौतिक दुरी कायम गरेर तरकारी विक्रि गर्न पाउनुपर्ने माग गरेका छन् । च्याउ उत्पादक किसान संघ रुपन्देहीका ऋषव पोखरेलले किसान उत्पादन गरेको बस्तु को उत्पादन सहज रुपमा विक्रि गर्न पाउनुपर्ने बताए । उनले किसान उत्पादित बस्तु खेर जान नदिनको लागि हाट बजारमा व्यवस्थित रुपमा सामाजिक दुरी कायम गरेर बस्तु विक्रि गर्न पाउनुपर्ने बताएका हुन् । यसको लागि च्याउ लगायत तरकारी उत्पादक किसान संघ तथा महासंघहरु सकारात्मक रहेको उनको भनाई रहेको छ । रुपन्देहीमा शनिवार लाग्दै आएका सबै हाट बजारहरु बन्द भएपछि हाट बजार व्यवसायी संघ रुपन्देहीले बुटवल उपमहानगरपालिका लगायतका स्थानीय तहमा डेलिगेसन जाने र सहज रुपमा किसानको उत्पादन विक्रि गर्ने बताउवरण मिलाउन पनि आग्रह गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित