FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • झापाको गौरादहमा राष्ट्रिय खाद्य बैकद्धारा कृषि परियोजनाको उद्घाटन

    • कृषि टि.भी.
    • १ साल अघि
    • १६ पटक पढिएको
    झापाको गौरादहमा राष्ट्रिय खाद्य बैकद्धारा कृषि परियोजनाको उद्घाटन

    झापाको गौरादह नगरपालिकामा राष्ट्रिय खाद्य बैंक लिमिटेडले दोश्रो प्रोजेक्टको रुपमा रहेको कृषि परियोजनाको एक कार्यक्रमका विच उद्घाटन गरेको छ । परियोजना स्थलको उद्घाटन गर्दै गौरादह नगरपालिकाका मेयर रोहीत कुमार शाहले आफुपनि किसान नै भएको र किसानका अनगिन्ती समस्या हुने भएकाले व्यवसायिक प्रकृतिको कृषिको आवश्यकता रहेको बताउनुभयो । उहाँले पछिल्ला बर्षहरुमा कृषि क्षेत्रमा अनुदानको बिकृति फैलिएकाले त्यसो नगरी असली रुपमा कृषि क्रान्तिमा लाग्नु पर्ने धारणा व्यक्त गर्नुभयो । साथै स्थानीय तह सरकार सकेको र मिलेकाले सबै खालको सहयोग र सहकार्य गर्न आफुहरु तयार रहेको बताउनु भयो । कृषिको उत्पादनमा वृद्धि हुन नसक्नु प्रबिधि र ज्ञानको अभाव रहेकाले बिपत बिमा गर्नु पर्ने उहाँको भनाइ छ ।

    परियोजना स्थलको ३५ विघा जमिनमा पहिलो चरणमा लोकल बासमती लगायतका स्थानीय प्रजातीका धानवालीहरु लगाउने बैँकको योजना छ । साथै आवश्यक मल, विउ तथा बिजन समेत तयार गरि दशैभरी अध्ययन, अनुसन्धान सहित धान उत्पादनमा जोडदिने राष्टिय खाद्य बैंक लिमिटेडका अध्यक्ष शंकर नाथ उप्रेतीले जानकारि दिनुभयो । किसानहरुसँगै मिलेर उन्नत जातका धानवालीहरु लगाउने, अग्र्यानिक बनाउँदै लैजाने र कृषिमा देशलाई आत्मनिर्भर बनाउने खाद्य बैँकको उद्येश्य रहेको पनि बताउनुभयो ।

    बैंकले पहिलो चरणमा २३ जिल्लामा चालु आर्थिक वर्षभित्रै कृषि उत्पादनको काम शुरु गर्ने तयारी गरेको छ । जसमा कैलाली, कञ्चनपुर, बर्दिया, झापा, मोरङ, सुनसरी, धनुषा, चितवन, रुपन्देहीसहित १३ जिल्लामा जग्गा लिएर उत्पादन शुरु गरिसकेको छ भने झापा, मोरङ, सुनसरी लगायत जिल्लामा थप जग्गा लिने तयारी पूरा भएको जनाइएको छ । कृषकहरुको पनि आफ्नै गाडी चढेर हिँडने गरी आर्थिक अवस्थामा सुधार ल्याउँने अभियानमा लाखौंको सङख्यामा रोजगारी सिर्जना गरि कृषि उपजको उत्पादन तथा व्यापार गर्ने कम्पनीका रूपमा खाद्य बैंक स्थापना भएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित