FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • वैदेशिक रोजगारीबाट फर्केर वर्दियाको बासगढी नगरपालिकाका युवा पशुपालनमा रम्दै

    • कृषि टि.भी.
    • २ साल अघि
    • ३३ पटक पढिएको
    वैदेशिक रोजगारीबाट फर्केर वर्दियाको बासगढी नगरपालिकाका युवा पशुपालनमा रम्दै

    शिवा शर्मा। बर्दिया । पछिलो समय सरकारी निकायको अनुदान र कृषकको मेहेनेतका कारण कृषि उत्पादन दिनप्रति दिन बढ्दै गईरहेको छ । वैदेशिक रोजगारीबाट फर्केका युवाहरु पनि नेपालमा फर्के विदेशमा सिकेको सिपको सदुपयोग गर्दै आएका छन् । सरकारले पनि युवा लक्षित रोजगारमूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

    उनी हुन मोहनलाल खत्री । वर्दियाको बासगढी नगरपालिका वडा नम्वर ८ बेलौरी स्थायी घर भएका खत्री विगत लामो समय देखि व्यवसायिक रुपमा भैँसी पाल्दै आईरहेका छन् । साथीभाई सँग विद्यालय जाने समयमा गरिवीको कारणले उनी ११ वर्षको कलिलो उमेरमा रोजगारीका लागी भारत जान बाध्य भए । रमाउने उमेरमा कमाउन हिडेका खत्री भन्छन् परिवारको जिम्मवारी पूरा गर्न भारतको विभिन्न सहरमा काम गरे । भनिन्छ नि जिम्मेवारीको अगाडी रहरहरु मार्नु पर्छ त्यस्तै भयो उनको जीवनमा पनि । भारतमा पनि उनीले मेहेनेतका साथ काम गरे, समय वित्दै गयो । तर उनको जीवनमा भने केही परिवर्तन भएन । ११ वर्षमा गुमाएका ती रंगीन सपना मेहेनत र सङ्घर्षले फेरी ल्याउने आशामा उनी भारतको विभिन्न सहरमा काम गरीरहे । आशाका किरणहरु थ्पिदै गए । तर जीवनमा सफलता हासिल गर्ने छाटकाट थिएन उनीको जीवनमा ।

    विस्तारै खत्रीले नेपाल फर्कने निधो गरे । स्वदेशमै केही गर्नु पर्छ भन्ने उदेश्य राखेर आज भन्दा ३ वर्ष अगाडी उनीले आफनै गाँउ घरका साहु सगं ऋण काढेर पशुपालन ब्यवसाय अंग्गाले । भैँसी पाल्नु भन्दा अगाडी खत्रीले भैँसीलाई आवश्यक पर्ने घाँस पनि रोपे । अहिले उनी भारतबाट फर्किएर आफ्नै गाउँठाउँमा काम गर्दै रमाई रहेका छन् । उनीको दैनिकी अहिले विहान उठेदेखि बेलुका नसुतुन्जेल सम्म भौसीको स्याहार सुसारमै वित्ने गर्छ । अहिले उनीले १० वटा दुध दिने भैसी र त्यसका पाडा पाडी पालेका छन् । दैनीक ८० लि. दुध उत्पादन गरी बिक्रि गर्ने गर्छन ।उनीसंग २ लाख ४० हजार मुल्य बराबरको र्मुररा जातको एउटा भैसी पनि छ जस्ले दैनिक १८ लि. दुध दिने गर्छ । उनीसंग जग्गा मात्र ४ कठ्ठा छ त्यही जग्गामा घरगोठ छ । र बाकी बचेको जमिनमा भैसीले खाने घाँस लगाउने गर्छन ।उनको ४ छोरा छारी सहीत ६ जनाको परिवार रहेको छ ।परिवारका सबै सदस्यले यही ब्यवसायमा नै आवद्ध छन ।उनी वार्षिक ४ लाख आम्दानी गर्दछन । अहिले उनी आफ्नो व्यवसायमा सन्तुष्ट छन् ।

    नेपालमा पनि मेहेनत गर्नसके रोजगारी अवसरहरु धेरै छन् । विदेशमा गएर अर्काको दवावमा ज्यानको बाजी लगाएर काम गर्नु भन्दा स्देशमै काम गरौ र स्वारोजगार बनौा ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित