FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बजेट सुझावः गुणस्तर सुधार कायम गराउन देखि तालिम संचालन र एसएमपी प्लान्ट निर्माण गर्न डेरी एसोसिएसनको सुझाव

    • कृषि टि.भी.
    • २ साल अघि
    • २६ पटक पढिएको
    बजेट सुझावः गुणस्तर सुधार कायम गराउन देखि तालिम संचालन र एसएमपी प्लान्ट निर्माण गर्न डेरी एसोसिएसनको सुझाव

    नेपाल डेरी एसोसिएसनले आर्थिक बर्ष २०७८÷७९ को नयाँ बजेटमा डेरी क्षेत्रमा नयाँ दुग्ध क्षेत्र छनौट, गुणस्तर, नयाँ सम्भावित पकेट क्षेत्रको अध्ययन र अवलोकनमा जोड दिनुपर्ने सुझाव दिएको छ ।

    जिएमपी ट्रेनिङ संचालन र एसएमपी प्लान्ट बनाउन पनि सुझाव दिएको छ । नेपालमा हाल ५० प्रतिशत दुध बजारमा आउन नसकेको बताउँदै किसानले उपयोग गर्नुपर्ने बाध्यतालाई हटाउँदै सो दुधलाई बजारसम्म जोड्नका लागि लोकमार्ग आसपासको अध्ययन गरी सिन्धुली, रामेछाप र दोलखामा चिलिङ सेन्टर स्थापना गर्न सुझाव दिएको छ । एसोसिएसनले काभ्रेमा उत्पादन हुने दुधको गुणस्तर कायम गराउन सहकार्यको काम गर्न पनि सुझाव दिएको छ ।

    त्यस्तै, उद्योगमा प्राविधि भएपनि गुणस्तर सुधारको लागि अनुभवको कमिका कारण काम हुन नसक्दा ल्याव संचालनको लागि सहकार्य कार्यक्रम संचालन गर्न आवश्यक रहेको बताएको छ । साना घरेलु डेरी सुधार कार्यक्रम अन्र्तगत अनौपचारीक क्षेत्रलाई औपचारिक क्षेत्रमा ल्याउन डेरी मर्जर साथै अनुदानको कार्यक्रम पनि संचालन गर्न सुझाव दिएको छ ।

    एसोसिएसनले सातै प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, राष्ट्रिय दुग्ध विकास बोर्ड, पशु सेवा विभाग, प्रदेश दुग्ध विकास बोर्ड लगायतका निकायलाई सुझाव दिएको हो ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित