- Loading...
अन्तर्राष्ट्रिय पशुपन्छी अनुसन्धान केन्द्रको सम्पर्क कार्यालय नेपालमा पनि स्थापना
- कृषि टि.भी.
- २ साल अघि
- २७ पटक पढिएको


अन्तर्राष्ट्रिय पशुपन्छी अनुसन्धान केन्द्र आइएलआरआइले आफ्नो सम्पर्क कार्यालय नेपालमा पनि स्थापना गरेको छ । केन्द्रले पशुपन्छी क्षेत्रमा अनुसन्धानका कामहरु गर्ने छ । पशुपालन क्षेत्रमा ‘अनुसन्धान र विकास’को अवधारणा सहित विश्वका विभिन्न देशहरुमा कार्य गरिरहेको कन्सल्टेटिभ ग्रुप अन इन्टरनेशनल एग्रीकल्चर रिसर्च सीजीआइएआर अन्तर्गतको यस संस्थाले विकासोन्मुख देशहरुमा चुस्त, सुरक्षित, दिगो पशुपालन मार्फत खाद्य तथा पोषण सुरक्षा र गरिबी निवारणका क्षेत्रहरुमा काम गर्दै आएको छ । अन्तर्राष्ट्रियस्तरमा पशुपन्छी तथा जनस्वास्थ्यको क्षेत्रमा तथ्यमा आधारित नीति निर्माण गर्न तथा समस्याहरुको समाधान केन्द्रित हुने गरी अनुसन्धान कार्य संचालन गर्ने यस संस्थाले नेपालमा कार्य सञ्चालन पछि पशुपन्छीपालन, एक स्वास्थ्य तथा खाद्य स्वच्छताका क्षेत्रहरुमा अनुसन्धानका कार्यको प्रभावकारिता एवं विश्वसनियतामा वृद्धि हुने अपेक्षा गरिएको कृषि मन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।


