FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • पोल्ट्री क्षेत्रलाई अत्यावश्यक र संवेदनशील वस्तुको सूचीमा राख्न माग

    • कृषि टि.भी.
    • २ साल अघि
    • २८ पटक पढिएको
    पोल्ट्री क्षेत्रलाई अत्यावश्यक र संवेदनशील वस्तुको सूचीमा राख्न माग

    नेपाल पोल्ट्री महासंघले पोल्ट्री क्षेत्रलाई अत्यावश्यक र संवेदनशील वस्तुको सूचीमा राख्न आग्रह गरेको छ । विज्ञप्ति जारी गर्दैसंघले पोल्ट्री क्षेत्रलाई अत्यावश्यक र संवेदनशीलसूचीमा राखी बिक्री तथा वितरणमा सहज गराउन माग गरेको हो । नेपालमा पनि कोरोनाको दोस्रो लहर सुरु भएपछि सरकारले निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमणको चेन तोड्न निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञामा अत्यावश्वक सेवा बाहेक सबै बन्द हुने भएकाले पोल्ट्री क्षेत्रको सवारी आवागमन, ढुवानी, ओसारपसार निर्बाध रूपमा देशैभर संचालन गराउन कृषि मन्त्रालय र पशु विभागलाई महासंघले आग्रह गरेको छ । संघले पोल्ट्री क्षेत्रमा चल्ला गाड्नु पर्ने अवस्था आउने, दानाको अभावमा करोडौँको संख्यामा रहेका कुखुराहरू किसानकै खोरमा मर्ने, औषधि ढुवानी तथा उपचारको अभावमा पशुपक्षी मर्ने र खरबौँको लगानी डुब्न सक्ने पनि जनाएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित