- Loading...
नवलपुरको कावाशोतीमा अत्याधुनिक दाना उद्योग संचालन
- कृषि टि.भी.
- २ साल अघि
- ३४ पटक पढिएको


व्यवसायीक कुखुरापालन, पशुपालनमा आवद्ध भएका किसानहरुलाई गुणस्तरीय दाना उपलब्ध गराउने उदेश्यले नवलपुरको कावासोतीमा गण्डकी प्रदेशकै सबैभन्दा ठुलो दाना उद्योग संचालनमा आएको छ । ६ महिना देखि संचालनमा आएको आर्शीवाद एग्रो फ्ड्सि इण्डष्ट्रिज प्रालिले दैनिक प्रतिघण्टा १० मेट्रिक टन दाना उत्पादन गर्दै आएको छ ।

नवलपुरको कावाशोती नगरपालिका वडा नम्वर १० मगरकोटमा गण्डकी प्रदेशकै सबैभन्दा ठूलो दाना उद्योग संचालनमा आएको छ । आर्शीवाद एग्रो फ्ड्सि इण्डष्ट्रिज प्रालिले संचालनमा ल्याएको दाना उद्योगले प्रतिघण्टा १० मेट्रिक टन दाना उत्पादन गर्दै आएको छ । दाना उत्पादनको लािग दुई बर्ष अघि स्थापना भएको उद्योगले दाना उत्पादन भने ६ महिना देखि गर्न थालेको हो । उत्पादित दाना गण्डकी प्रदेशमै खपत भैरहेको छ । उद्योगले किसानहरुलाई बजार मुल्य भन्दा सुपथमा दाना उपलब्ध गराउँदै आएको प्रवन्ध निर्देशक ओम प्रकाश तिवारीले बताउनुभयो । किसानलाई सुपथ मूल्यमा गुणस्तरीय दाना उपलब्ध गराउँदै आएको उहाँको भनाई छ । उद्योगले व्यवसायीक रुपमा कुखुरा, गाई भैसिलाई खुवाउने पौष्टिक दाना उत्पादन गर्दै आएको छ ।
नेपालमा कुखुरा पाल्ने कृषकहरुको सङ्ख्या बढ्दै गएपछि दानाको माग झन बढ्दै गएको छ । दाना तयार गर्न आवश्यक पर्ने कच्चा पदार्थ भारतबाट आयात गर्नुपर्ने बाध्यत छ । उद्योगलाई आवश्यक पर्ने मुख्य कच्चापदार्थ भारतबाट आयात गर्दा स्वदेशी खाद्य वस्तुले सहजै बजार पाएको छैन । दाना उत्पादनको लागि मकै र भटमास आवश्यक पर्दछ । समय समयमा कुखुरामा देखापर्ने विभिन्न रोग, वर्डफ्लु, रानीखेत लगायतका कारण भने दाना उत्पादनमा प्रत्यक्ष असर पुय्राएको उहाँको भनाई छ । करिव ४५ करोड लागतमा उद्योग संचालनमा आएको हो । आगामी दिनमा उत्पादन बृद्धि गर्दे लैजाने योजना रहेको प्रवन्ध निर्देशक ओम प्रकाश तिवारी बताउँनुहुन्छ । थोरै दाना उत्पादन गर्ने तर गुणस्तरीय दाना उत्पादन गर्ने तिवारीले बताउनुभयो । अत्याधुनिक मेशिनबाट दाना उत्पादनको काम गर्ने भएकाले क्रृटि कम हुने उहाँको भनाई छ ।
दाना उद्योगको लागि आवश्यक पर्ने कच्चापदार्थ नेपालमै पर्याप्त उत्पादन हुने हो भने बजार मूल्यभन्दा झण्डै १० देखि १५ प्रतिशतसम्म दाना सस्तो पर्दछ ।

