FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कारितास नेपालद्धारा बर्दियामा तरकारी संकलन केन्द्र र माछा पोखरीको अनुगमन

    • कृषि टि.भी.
    • २ साल अघि
    • २४ पटक पढिएको
    कारितास नेपालद्धारा बर्दियामा तरकारी संकलन केन्द्र र माछा पोखरीको अनुगमन

    शिवा शार्मा, बर्दिया । कारितास नेपालले बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं ३,४ र ५ मा अनुगमन गरेको छ । वडा न. ३ र ५ मा निर्माण गरेको तरकारी संकलन केन्द्र र वडा न. ४ मा रहेको माछा पोखरी सहित १६ वटा समुहले लगाएका तरकारी बारीको अनुगमन गरेको हो ।

    कारितास नेपालले कृषिमा लागेका समूह र व्यक्तिहरुलाई आर्थिक तथा प्राविधि सहयोग गर्दे आएको छ । कारितासले आफुले गरेको सहयोग कतिको प्रभावकारी भयो या भएन बर्दिया जिल्लामा अनुगमन पनि गरेको छ । बैशाख १३ गते अर्थात सोमबार स्थानीय जनप्रतिनिधिको उपस्थितिमा कारितास संस्थाले बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं ३, ४ र ५ मा अनुगमन गरेको छ । कारितास नेपालले गुलरिया नगरपालिका वडा न. ३ र ५ मा निर्माण गरेको तरकारी संकलन केन्द्र र वडा न. ४ मा रहेको माछा पोखरी सहित १६ वटा समुहले लगाएका तरकारी बारीको अनुगमन गरेको हो । यस बर्ष संस्थाले बर्दिया जिल्लामा संचालन गरेको कृषि कार्यक्रमको विषयमा जानकारी र सोही कार्यक्रम अन्र्तगत रहेर अनुगमन गरेको हो ।

    आर्थिक अवस्था कमजोर भएका र चाहाना हुदाँ हुदै पनि कृषि पेशामा आवद्ध हुन नसकेकाहरुलाई कारितास नेपाललले सहयोग गर्दै आएको छ । आर्थिक उन्नतीको लागि कारितास नेपालले गरेको सहयोगबाट कृषकहरु दङ्ग छन् ।

    अनुगमनमा सम्बन्धित व्यत्ति र सम्बन्धित विषयमा कमल चलाउने संचारकर्मी लैजादा राम्रो हुन्छ ।

    कारितास नेपालले जीविको उपार्जन कार्यक्रम अन्र्तगत – माछापालन, बगर तरकारी खेति , पशु खोपकेन्द्र, दुध संकलन केन्द्र र तरकारी संकलन केन्द्र, बंगुर पालन, कुखुरापालन लगाएताका कार्यक्रम संचालन गर्दै आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित