FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • डीडीसी माग्यो सरकारसँग ३० करोड सहुलियतपूर्ण ऋण

    • कृषि टि.भी.
    • २ साल अघि
    • २९ पटक पढिएको
    डीडीसी माग्यो सरकारसँग ३० करोड सहुलियतपूर्ण ऋण

    दुग्ध विकास संस्थान डीडीसीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग ३० करोड सहुलियतपूर्ण ऋण माग गरेको छ । डीडीसीले किसानलाई माघदेखि दूधको भुक्तानी दिएको छैन । सोही भुक्तानीका लागि सरकारसँग सहुलियत ऋण मागेको हो । डीडीसीले कोभिड–१९ का कारण भएको बन्दाबन्दीको समयमा दूध तथा दुग्धजन्य पदार्थ बिक्री नहुँदा पुँजी होल्ड भएको र अहिले किसानलाई समेत भुक्तानी दिने रकम नभएको बताएको हो । किसानलाई करिब तीन महिनाको ३५ करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको र बन्दाबन्दीमा बिक्री वितरणमा आएको गिरावट अझै नसुध्रिएका कारण सरकारसँग सहुलियत ऋण माग गरेको बताएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित