FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • ‘स्वदेशमा उत्पादित चिया पिउने गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ भन्ने नाराका साथ २५ औं राष्ट्रिय चिया दिवस मनाइयो

    • कृषि टि.भी.
    • २ साल अघि
    • २२ पटक पढिएको
    ‘स्वदेशमा उत्पादित चिया पिउने गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ भन्ने नाराका साथ २५ औं राष्ट्रिय चिया दिवस मनाइयो

    बुधबार ‘स्वदेशमा उत्पादित चिया पिउने गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ भन्ने नाराका साथ २५ औं राष्ट्रिय चिया दिवस मनाइएको छ । चालू आर्थिक वर्ष २०७७÷७८ को नौ महिनासम्म तीन अर्ब छ करोड रुपियाँ बराबरको नेपाली चिया विदेश निर्यात भएको छ । यो अवधिमा नौ हजार ५ सय ७० मेट्रिक टन चिया निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ । विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७६÷७७ मा दुई अर्ब ७८ करोड रुपियाँ बराबरको ११ हजार १ सय ८५ मेट्रिक टन चिया निकासी भएको थियो । आर्थिक वर्ष २०७६÷७७ मा २४ हजार ११८ मेट्रिक टन चिया उत्पादन भएको थियो । कोभिड–१९ का कारण गत आर्थिक वर्षमा कम निकासी भएको चिया चालू आर्थिक वर्षमा निकासी केही सहज भएकाले निकासी दर पनि बढेको नेपाल चिया तथा कफी विकास बोर्डले जनाएको छ । बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५÷७६ मा २५ हजार २०५ मेट्रिक टन चिया उत्पादन भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित