FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • निषेधाज्ञामा अत्यावश्यक वस्तुको सहज आपूर्तिको लािग ¥यापिड रेस्पोन्स टिम गठन

    • कृषि टि.भी.
    • २ साल अघि
    • २९ पटक पढिएको
    Post Thumbnail

    खाद्यन्न लगायत अत्यावश्यक वस्तु तथा सेवाको आवत जावतका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ¥यापिड रेस्पोन्स टिम बनाएकोे छ । आपूर्ति व्यवस्थामा अवरोध वा समस्या भए टीमले तत्काल हल गर्ने छ । कृषि सम्बन्धि समस्या भएमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेलाई ९८ ५१ १५ १३ ४७ मा सम्पर्क गर्न सकिने व्यवस्था गरेको छ । अपनाउनु पर्ने स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपमा पालन गर्दै आत्यावश्यक उपभोग्य वस्तु, सेवा तथा स्वास्थ्य सुरक्षा सामाग्री उत्पादन प्रशोधन, ढुवानी तथा वितरण गर्ने उद्योग व्यवसायहरु संचालन गर्न सहजीकरण गर्ने बताइएको छ । रेस्पोन्स टिम उत्पादन, ढुवानी तथा वितरण प्रणली सुचारु रहेको सुनिश्चित गर्ने, निकायगत समन्वय प्रभावकारी बनाउने, जनस्तरबाट आउनसक्ने गुनासा तथा समस्याहरुको तत्काल सम्बोधन गर्ने लगायतका काम गर्ने छ । तरकारी, खाद्यान्न लगायतका आत्यावश्यक उपभोग्य वस्तु ढुवानी गर्नै सवारीसाधनमा परिचय र प्रयोजन खुल्ने व्यानरका साथ तोकिएको मापदण्ड पुरा गरी सवारी सञ्चालन गर्न सहजीकरण गर्ने छ । त्यस्तै, वाणिज्य विभागले सम्बन्धित प्रमुख जिल्ला अधिकारीको समन्वयमा खाद्यान्न लगायत अत्यावश्यक सामाग्रीको जिल्ला र वस्तुगत स्टकको नियमित अनुगमन गरी अद्यावधिक प्रतिवेदन मन्त्रालयमा पठाउने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित