FLASH NEWS
- Loading...
उपत्यकामा रहेका खाद्य कम्पनीका चार बिक्री केन्द्र खुल्ने
- कृषि टि.भी.
- २ साल अघि
- २४ पटक पढिएको


कोरोना कहरको दोस्रो चरण सुरु भएसँगै काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा जारी भएको छ । बिहिबारबाट एक साताकालागि काठमाडौँ उपत्यकाभित्र निषेधाज्ञा जारी भएको हो । निषेधाज्ञा लागु भएसँगै उपभोक्ताको आवश्यकतालाई मध्यनजर गर्दै खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आम उपभोक्ताहरुलाई आवश्यक पर्ने खाद्य लगायतका सामाग्रीहरु कम्पनीका उपत्यकामा रहेका विक्री कक्षबाट वितरण गर्ने व्यवस्था मिलाएको छ । कम्पनीले बासमती लगायतका विभिन्न प्रकारका चामल, कर्णालीको सिमी, जुम्ली मार्सी चामल, खानेतेल, घ्यू, स्यानिटाइजर लगायतका खाद्यवस्तु बिक्रीको व्यवस्था मिलाएको छ । कम्पनीका बिक्री कक्ष रामशाहपथ (बग्गीखाना), थापाथली, ललितपुरको नख्खु गोदाम र भक्तपुरको सूर्यविनायकबाट वितरण गर्ने व्यवस्था मिलाएको हो ।


प्रतिक्रिया दिनुहोस
